मंगलबार , असार १, २०७८

टुकोनद्वारा गार्मेन्ट श्रमिकहरुलाई राहत वितरण

टुकोनद्वारा गार्मेन्ट श्रमिकहरुलाई राहत वितरण

२३ जेठ, काठमाडौं । टुकोनद्वारा गार्मेन्ट श्रमिकहरुलाई राहत वितरण गरिएको छ । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल ‘टुकोन’ले कोभिड महामारीका कारण निशेधाज्ञाको अवधीमा विचल्लीमा परेका गार्मेन्ट सम्बद्ध श्रमिकहरुलाई राहत वितरण गरेको हो ।

गार्मेन्टमा कार्यरत श्रमिकहरूको २० परिवार लाई एक हप्ता पुग्ने खाद्यान्न लगायतका सामाग्री आज हस्तान्तरण गिरएको ट्रेड युनियन महासंघ नेपाल ‘टुकोन’का अध्यक्ष हिक्मत जंग भण्डारीले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

टुकोनले श्रमिकहरुलाई वितरण गरेका राहत सामाग्रीमा चामल, तेल, दाल, क्वाटी, नुन, चाउचाउ, मास्क लगायत छन् । कोरोना संक्रमणले भयावह रुप लिइरहेको वर्तमान अवस्थामा श्रमिकहरुको दैनिक जीवनयापनमा केही सहयोग पुगोस् भनेर थोरै परिमाणमा भएपनि राहत उपलब्ध गराएको जानकारी दिदै टुकोनका अध्यक्ष भण्डारीले बताए ।

rahat 1

लकडाउनको यस्तो विषम परिस्थितीमा दैनिक ज्यालादारीमा आश्रीत श्रमिकहरुको पीडालाई पहिलो प्राथमिकतामा राख्न सरकार गम्भीर हुनुपर्ने उनले बताएका छन् गत हप्ता पनि टुकोनले रिक्सा चालक श्रमिकहरूलाई राहत वितरण गरेको थियो ।

rahat 2

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय