मंगलबार , असार १, २०७८

राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन पक्राउ

राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन पक्राउ

२३ जेठ,कर्णाली । राउटे समुदायका युवतीलाई होटलमा अश्लील क्रियाकलाप गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई आज सुर्खेतबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुन छन् । पुन होटल सञ्चालकसमेत हुन् ।

उनीहरुले दुई राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराएर यौनजन्य दुर्व्यवहार गरेको भिडियो बनाएको आरोप लगाइएको छ । होटलभित्र अर्धनग्न अवस्थामा युवाले राउटे युवतीलाई अश्लील क्रियाकलाप गर्न बाध्य पारेको भिडियो सार्वजानिक भएपछि प्रहरीले शनिबारदेखि घटनाको अनुसन्धान शुरु गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घटनाको विस्तृत अनुसन्धान भइरहेको र दोषी युवामाथि कानूनबमोजिम कारबाही हुने जानकारी दिए । पछिल्लो समय राउटे युवतीहरुलाई युट्युब, टिकटकका लागि भिडियो छायाङ्कन गर्न भन्दै बस्तीमा जाने, विभिन्न प्रलोभनमा पारी यौनजन्य दुर्व्यवहार गर्ने गरेको पाइएको छ । राउटे नेपालकै एक मात्र फिरन्ते समुदाय हो । गुर्भाकोट ११ जनैघाटमा बस्दै आएका राउटे हाल १४३ सङ्ख्यामा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

टुकोनले प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र टुकोनले प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र ६ दिन पहिले
मिर्मिरे लघुवित्तको स्वतन्त्र सञ्चालकमा प्रविण भट्टराई नियुक्त मिर्मिरे लघुवित्तको स्वतन्त्र सञ्चालकमा प्रविण भट्टराई नियुक्त २ दिन पहिले
आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त ४ दिन पहिले
डिजाइन काठमाडौं कन्टेस्ट सम्पन्न, देशभरबाट ५७ समूहको लिखित प्रस्तुति डिजाइन काठमाडौं कन्टेस्ट सम्पन्न, देशभरबाट ५७ समूहको लिखित प्रस्तुति ३ दिन पहिले
म्यान्मारमा लोकतन्त्र जोगाउन माग गर्दै जी ७ को सम्मेलन स्थलमा प्रदर्शन म्यान्मारमा लोकतन्त्र जोगाउन माग गर्दै जी ७ को सम्मेलन स्थलमा प्रदर्शन २ दिन पहिले
निषेधाज्ञामा बीरगञ्जबाट खुलेयाम तस्करी, नुनदेखि सुनसम्मको कारोवारमा प्रहरीको संरक्षण निषेधाज्ञामा बीरगञ्जबाट खुलेयाम तस्करी, नुनदेखि सुनसम्मको कारोवारमा प्रहरीको संरक्षण ६ दिन पहिले
सप्तरीमा निर्माण शुरु गरेको शपिङ कम्प्लेक्सको काम अलपत्र सप्तरीमा निर्माण शुरु गरेको शपिङ कम्प्लेक्सको काम अलपत्र २१ घण्टा पहिले
पछिल्लो २४ घण्टामा कोरोनाबाट ५३ जनाको मृत्यु पछिल्लो २४ घण्टामा कोरोनाबाट ५३ जनाको मृत्यु १६ घण्टा पहिले