मंगलबार , असार ८, २०७८

उच्च शेयरमूल्य भएको साल्ट ट्रेडिङ कर्पोरेशनले सार्वजनिक गर्‍यो दोस्रो त्रैमासको वित्तीय विवरण, साढे २ करोड मुनाफा 

उच्च शेयरमूल्य भएको साल्ट ट्रेडिङ कर्पोरेशनले सार्वजनिक गर्‍यो दोस्रो त्रैमासको वित्तीय विवरण, साढे २ करोड मुनाफा 

२३ जेठ, काठमाडौं । शेयरबजारमा उच्च शेयरमूल्य भउको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने अवधि समेत समाप्त भइसकेको अवस्थामा यस कम्पनीले भने दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जेठ २२ गते सार्वजनिक कम्पनीको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष कम्पनीको मुनाफा ५ दशमलव ४७ प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म २ करोड ३९ लाख ८६ हजार मुनाफा गरेको कम्पनीले यस वर्ष भने  २ करोड ५२ लाख ९९ हजार खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको आम्दानी २५ प्रतिशत बढेको छ ।

गत वर्ष ४ अर्ब ७० करोड आम्दानी गरेको कम्पनीले यस वर्ष ५ अर्ब ८९ करोड १४ लाख ६७ हजार आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १९ करोड २० लाख २४ हजार रहेको छ । यस वर्ष २५ प्रतिशत बोनस शेयर मार्फत कम्पनीले चुक्तापूँजी बढाएको हो ।

कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा शून्य दशमलव ५४ प्रतिशत बढेर १ अर्ब ३१ करोड ४७ लाख १९ हजार कायम भएको छ । कम्पनीको कुल सम्पत्ति  ९ अर्ब ३५ करोड ८९ लाख ५५ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल सम्पत्ति ६ दशमलव ४७ प्रतिशतले बढेको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीको कुल सम्पत्ति ८ अर्ब ७८ करोड ९८ लाख ६९ हजार थियो । कम्पनीको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी वार्षिक २६ दशमलव ३५ र प्रतिशेयर नेटवर्थ ४१४ दशमलव ९० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय