व्यवसायिक कागती खेतीमा किसान
नेपालबहस संवाददाता
जेठ २३, २०७८ आइतबार २०:३२:११
२३ जेठ,बलेवा । एक वर्षअघि पहिलो चरणका बिरुवा लगाउँदा छिमेकीले जग्गा बाँझो बनाए भनेर गाली गरे । वर्षाका समयमा धान र हिउँदमा मकैको राम्रो उत्पादन हुने खेतमा अहिले कागतीका विरुवाले मुना हाल्न थालेका छन् । पोहोर साल जग्गा बँझाए भनेर गाली गर्नेहरु अहिले आसपासको जग्गा थप गरेर कागतीको खेती विस्तार गर्न सुझाउँछन् । व्यवसायिक कागती खेतीमा लागेका किसानले भने छिमेकीका कुराभन्दा आफ्नो समूहको योजना अनुसार काम गरिरहेका छन् ।
बागलुङ नगरपालिका १४ अर्माहाका किसानले झण्डै साढे दुई सय रोपनी जग्गा एकीकृत गरी व्यवसायिक खेती शुरुआत गरेका थिए । यस वर्ष पनि यसलाई थप विस्तार गर्ने जनाएका छन् । चासो कृषक समुहमा आबद्ध ६२ किसान कागतीको खेती विस्तार र स्याहारमा दत्तचित्तले लागिरहेका छन् । उनीहरुले खेती थालेको जग्गा भने बागलुङ–१२ सहेंलाको फाँटमा पर्छ ।
गतवर्ष लगाएका दुई हजार कागतीका बिरुवा राम्रोसँग हुर्किन थालेपछि यस वर्ष किसानले थप दुई हजार बिरुवा लगाउने भएका हुन् ।“हाम्रो योजना ६ हजार बिरुवा ३ सय रोपनी जग्गा पु¥याउने हो,” समूहका अध्यक्ष केशव सुवेदीले भने, “एकै पटक लगाउँदा बिरुवामा क्षति हुन सक्छ, तीन वर्षमा योजना अनुसारको काम सकिन्छ ।” सुन कागती–२ जातको कागती उनीहरुले लगाएका छन् । सहेंलामा खेतीयोग्य जमिन रहेका किसानलाई सेयर सदस्य बनाएर किसान समूह बनेको छ । यहाँ सो खेतीका लागि किसानले ५० लाख बढी लगानी गरिसकेका छन् ।
“उनीहरुको उत्साह र मेहेनत निकै राम्रो छ, यो समुहमा भएको खेती अरु किसानका लागि नमुना हुन सक्छ,” नगर प्रमुख जनकराज पौडेलले भने,“सरकारी सहयोग किसानलाई भइरहेको छ र रहन्छ ।” पाँच वर्षमा उत्पादन लिने किसानको योजना छ । यस वर्षपनि थपिने दुई हजार विरुवा सुन कागती–२ जातकै हो । एक करोड लगानी गर्ने योजना बनाएका किसानले प्रदेश र स्थानीय सरकारबाट झण्डै रु २० लाख अनुदान पाएका छन् ।
“एउटा बोटमा चालिस किलोसम्म फल्छ, हामीले बिक्री गर्दा सय रुपैयाँ सम्ममा बिक्री गर्न सकिएला,” अध्यक्ष सुवेदी भन्छन्, “विरुवा बयस्क हुँदा सिजनमा एक करोड ६० लाख आम्दानी गर्ने योजना छ ।” एक रोपनी जग्गाको वार्षिक ५ हजार भाडा उपलब्ध गराउने गरी जग्गा एकिकृत गरिएको हो । पाँचवर्षसम्म किसानले पाउने जग्गाको भाडाबापतको रकम शेयर रकममा परिणत हुने समूहले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार