सोमबार , असार ७, २०७८

निर्वाचनको तयारीमा जुट्न पार्टीपङ्तिलाई सीके राउतको निर्देशन

निर्वाचनको तयारीमा जुट्न पार्टीपङ्तिलाई सीके राउतको निर्देशन

२३ जेठ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष ले निर्वाचनको तयारीमा जुट्न पार्टीपङ्तिलाई निर्देशन दिएका छन् । अध्यक्ष राउतले शनिवार विज्ञप्ति जारी गर्दै आगामी कात्तिक २८ र मंसिर ३ गते तोकिएको निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका हुन् ।

‘सम्पूर्ण नेता तथा कार्यकर्ताहरूमा ‘पार्टीको विजय नै हाम्रो विजय हो’ भन्ने भावना आत्मसात गरी २०७८ साल कार्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुट्न र सुरक्षित तरिकाले निर्वाचनलक्षित घरदैलो, प्रचार–प्रसारजस्ता कार्यक्रमहरू सुचारू गर्न अनुरोध गरिएको छ,’ अध्यक्ष राउतले विज्ञप्तिमार्फत भनेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पार्टीको केन्द्रीय कार्यकारिणीको बैठक गत जेठ २२ गते बसेको थियो । बैठकले निर्वाचनलक्षित गतिविधि बढाउनेलगायतका ४ निर्णयहरु गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गर्दै आगामी कात्तिक २८ र मंसिर ३ गते संघीय निर्वाचनको घोषणा गरेका छन् । अध्यक्ष राउतले सोबमोजिम पार्टीका नेतारकार्यकताहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

केन्द्रिय कार्यकारिणी समितिले नै ६ महिनाको लागि सबै जिल्लामा पदाधिकारी तोक्ने सहित केन्द्रिय कार्यकारिणी समितिका निर्णयहरू – २०७८ ज्येष्ठ २२ गते
१. २०७८ साल ज्येष्ठ २२ गते विहान १०:०० बजे बसेको जनमत पार्टी केन्द्रिय कार्यकारिणी समितिको बैठकले जिल्ला समन्वय समितिको पदाधिकारी निर्वाचन कोभिड-१९ को महामारीले गर्दा जारी रहेको निषेधाज्ञाको कारणले भौतिक रूपले नै २०७८ ज्येष्ठ ३० गते गर्न नसकिने, जिल्ला स्तरमा पूर्ण बैठक बोलाएर सर्वसम्मति खोज्ने अवस्था समेत नरहेको, तथा ई-भोटिङ्गको मार्फत् गर्न समेत तल स्तरसम्म उपयुक्त तैयारी नपुगेको ठहर गरेको छ।
२. तर २०७८ साल कार्तिक २६ र मंसीर ३ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन मिति तय भइसकेको र सोको लागि आवश्यक तैयारीमा सम्पूर्ण नेता कार्यकर्ताहरूलाई एकबद्ध भएर जुट्नु पर्ने अवस्था आएकाले जिल्ला समन्वय समितिको पदाधिकारी चयनलाई पछिको मितिका लागि तत्कालै सार्न समेत उपयुक्त नदेखिएको हुँदा केन्द्रिय कार्यकारिणी समितिले नै ६ महिनाको लागि सबै जिल्लामा पदाधिकारी तोक्ने निर्णय गरेको छ।
३. जिल्ला समन्वय समितिका पदेन तथा मनोनित सदस्यहरूको सूचीमा छुटेका योग्य व्यक्तिहरूको नाम समावेश गरी अन्तिम सूची चाँडै प्रकाशित गरिनेछ। वडा तथा पालिका समितिको विवरणमा समेत छुटेका, त्रुटि भएका वा दोहोरो समिति निर्माण भएका विषयहरूमा समेत सम्बन्धित जिल्लासँग समन्वय गरी छिट्टै समाधान निकालिनेछ।
४. यसका साथै सम्पूर्ण नेता तथा कार्यकर्ताहरूमा “पार्टीको विजय नै हाम्रो विजय हो” भन्ने भावना आत्मसात् गरी २०७८ साल कार्तिक २६ र मंसीर ३ गते हुने प्रतिनिधि-सभाको निर्वाचनको तैयारीमा जुट्न र सुरक्षित तरीकाले निर्वाचन लक्षित घरदैलो, प्रचार-प्रसार जस्ता कार्यक्रमहरू सुचारू गर्न अनुरोध गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बाढीले महाकाली नदीमा निर्माण भइरहेको पुलको बाँध बगायो बाढीले महाकाली नदीमा निर्माण भइरहेको पुलको बाँध बगायो २४ घण्टा पहिले
रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रहरी नियन्त्रणमा रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रहरी नियन्त्रणमा २२ घण्टा पहिले
प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ १६ घण्टा पहिले
स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै १९ घण्टा पहिले
हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन ३ घण्टा पहिले
कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी २ घण्टा पहिले
अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी १ घण्टा पहिले
कोरोना महामारीले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट कोरोना महामारीले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट ५९ मिनेट पहिले