मंगलबार , असार ८, २०७८

लामो समय वार्ताको नाममा अल्झन नहुने नेपाल समूहको निश्कर्ष

लामो समय वार्ताको नाममा अल्झन नहुने नेपाल समूहको निश्कर्ष

२३ जेठ, काठमाडौं । नेकपा एमालेको असन्तुष्ट पक्षको केन्द्रीय कमिटी बैठकले अब अध्यक्ष केपी ओलीसँग लामो समय वार्ता गर्ने भन्दा तत्काल निश्कर्ष नआए नयाँ पार्टी खोलेर कम्युनिष्ट आन्दोलन अगाडि बढाउने निश्कर्ष निकालेको छ ।

आज भएको भर्चुअल मिटिङमा सहभागी नेताहरुको अभिव्यक्ति सुनेर बैठकले यस्तो निश्कर्ष निकालेको हो । प्रधानमन्त्रीसमेत रहेका केपी ओली आफूहरुले उठाएको माग संवोधन गर्न भन्दा सत्ता टिकाउने दाउपेचमा मात्रै केन्द्रित भएकाले लामो समय वार्ताको नाममा अल्झन नहुने पनि बैठकले ठम्याएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस्तो अवस्थामा लोकतन्त्रका संरक्षण र संविधानको रक्षाका लागि बैकल्पिक बाटो रोज्नुको विकल्प नरहेको उसको ठहर छ । पार्टी अध्यक्ष ओलीले निश्चित समयावधिमा विश्वसनीय ढंगले माग संवोधन गर्ने वातावरण नबनाएकाले धेरै लामो समय अल्झन नहुने केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताइन् ।

अब हामी वाध्य भएर ओलीले गरेका असंवैधानिक कामको विरोधमा कानूनी र राजनीतिक लडाईं जारी राख्ने पक्षमा पुगेका छौं– नेतृ झाँक्रीले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय