सोमबार , असार ७, २०७८

गैसस भक्तपुरद्धारा विपद् व्यवस्थापन कोष स्थापना

गैसस भक्तपुरद्धारा विपद् व्यवस्थापन कोष स्थापना

२३ जेठ,भक्तपुर । गैरसरकारी संस्था महासंघ, भक्तपुर शाखाले विपद्मा परेकाको सहयोग गर्न “गैसस विपद् व्यबस्थापन कोष” स्थापना गरेको छ । गैसस भक्तपुरको आज सम्पन्न जुम बैठकबाट कोष स्थापना गरी एकैदिन रु ७० हजार ९८४ कोषमा संकलन भएको छ ।

कोभिड–१९ को महामारीको समयमा धेरै नेपाली नागरिक विपद्मा परेपछि कोभिडसँगै देशमा आइपर्ने जुनसुकै विपद्मा पनि सहयोग गर्ने उद्देश्यका साथ कोष स्थापना गरेको संस्थाका अध्यक्ष नारायणप्रसाद न्यौपानेले जानकारी दिए । संस्थाका पदाधिकारीबाट रु एक लाखसम्म सङ्कलन गर्ने र थप रकम दाताहरुसंँग आह्वान गरी कोषको रकमबाट विपद्मा परेका गैसस परिवार तथा आमनागरिकलाई आर्थिक, भौतिक तथा मनोवैज्ञानिक सहयोग गरिने उनले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

विपद्मा सरकारको मात्रै मुख ताक्न नहुने र नागरिक स्तरबाट जसले जहाँबाट जति सक्छ, त्यहीँबाट सहयोग गर्न शुरु गर्नु पर्छ भन्ने लक्ष्यका साथ गैससले स्थापना गरेको राहत कोषको बारेमा छिट्टै कार्यविधि बनाएर विपद्मा परेकालाई सहयोगको कार्यलाई अगाडि बढाइने उनले बताए । उनले कोषमा सहयोग गर्न सार्वजनिक रुपमा नागरिकस्तरमा आह्वान गरे ।

गैसस भक्तपुरका सल्लाहकार एवं केन्द्रीय सदस्य बालमुकुन्द सुवालले हरेक वर्ष आउने बाढी पहिरोलगायतको विपत्ती झेल्दै आएको नेपालले २०७२ सालको महाभूकम्प र अहिलेको कोभिड महामारीले विपद् जतिपनि बेला आउने सक्ने भएकाले तयारीमा बस्नु पर्ने पाठ सिकाएको बताए । उनले कोषलाई मजबुद बनाएर पारदर्शी ढङ्गले कार्यान्वयनमा ल्याउनु पर्ने र कोषमा सहयोगको हातहरु बढाउनु पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तीन हाइड्रो कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, शेयरमूल्य कति ? तीन हाइड्रो कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, शेयरमूल्य कति ? २२ घण्टा पहिले
आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक १६ घण्टा पहिले
वनहराका मुक्त कमैयालाई घर खर्च चलाउन धौधौ वनहराका मुक्त कमैयालाई घर खर्च चलाउन धौधौ १ घण्टा पहिले
पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू ३६ मिनेट पहिले
आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु आज थप २,४४२ जनामा कोरोना पुष्टि, ५१ संक्रमितको मृत्यु १८ घण्टा पहिले
दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग २३ घण्टा पहिले
नेपालमा कोरोना फैलाउने डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि नेपालमा कोरोना फैलाउने डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि १५ घण्टा पहिले
उपत्यकामा खुकुलो पारिएकाे निषेध आदेशमा के खुल्छ, के खुल्दैन ? [ सूचीसहित ] उपत्यकामा खुकुलो पारिएकाे निषेध आदेशमा के खुल्छ, के खुल्दैन ? [ सूचीसहित ] १६ घण्टा पहिले