मंगलबार , असार ८, २०७८

अब नेपाली सेनामा ४ वटा मात्र पृतना राखिने : प्रधानसेनापति थापा

अब नेपाली सेनामा ४ वटा मात्र पृतना राखिने : प्रधानसेनापति थापा

२३ जेठ, काठमाडौं । नेपाली सेनामा अब ४ वटा पृतना राखिने भएको छ । अहिलेसम्म सेनामा ८ पृतना छन्। कार्यकालको एक हजार वर्ष पूरा भएको अवसरमा पत्रकारहरुसँग बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले अब पृतनाको संख्या ४ वटा मात्रै हुने बताएका हुन् ।

सात प्रदेश र काठमाडौं गरी आठ पृतना राखेको सेनाले अब नदीमा आधारीत भएर साउनदेखि चार पृतना बनाउन लागेको बताए । कोशी, गण्डकी र कर्णालीको भूगोल समेट्ने गरी सेनाले पृतना राख्न लागेको हो।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै काठमाडौंमा पनि पृतना रहने छ। लामो छलफल गरेर ४ वटा मात्र पृतना राख्ने निर्णय भएको उनको भनाइ छ।

साथै सोही कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेमा सेना सजग र सतर्क हुनुपर्ने बताएका छन् ।

कार्यकाल सकिन तीन महीना बाँकी रहँदै उनले नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेका हुन् । अन्तिम एक महीना विदामा बस्ने परम्परा अनुरुप त्यसअगावै नेतृत्व हस्तान्तरणलाई निष्ठापूर्वक र विस्तृतरुपमा गरिने थापाले बताए । सेनामा रथी प्रभुराम शर्मा थापाको उत्तराधिकारी बन्ने लाइनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय