मंगलबार , असार १, २०७८

खोप उपलब्ध गराउन पेट्रोलियम एसोसिएशनको आग्रह

खोप उपलब्ध गराउन पेट्रोलियम एसोसिएशनको आग्रह

२३ जेठ,काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ । संघले आइतबार एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक सेवालाई सञ्चालन गर्न अग्रपङ्क्तिमा रही कार्य गर्ने पेट्रोलियम व्यवसायीहरुले खोप नपाएको भन्दै उपलब्ध गराउन आग्रह गरेको हो ।

संघका महासचिव विश्वप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा तीनपटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा लिखित रुपमा माग गर्दा समेत सुनुवाइ नभएको जनाइएको छ । उनले भने, ‘‘अत्यावश्यक वस्तुभित्र समावेश गरिएको पेट्रोलियम पदार्थको ढुवानी गर्नेलाई तत्काल खोप उपलब्ध गराउन आवश्यक छ ।”

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

एसोसिएशनका अनुसार संस्थामा आवद्ध कोभिड महामारीकै कारण हालसम्म देशभर ११ जनाले ज्यान गुमाइसकेका छन् भने एक हजार २०० जना संक्रमित भइसकेका छन् । संघले प्रदेश नम्बर १ मा रहेका २४१ पेट्रोल पम्पका सञ्चालक, कर्मचारी, ट्याकरका चालक÷सहचालक गरी एक हजार ७६३ जना, प्रदेश नम्बर २ का २७८ पम्पका एक हजार ९१३ जना, बाग्मती प्रदेशका ३८२ वटा पम्पका दुई हजार ९९८ जनालाई खोप उपलब्ध गराउन आग्रह गरेको छ ।

यसैगरी, गण्डकी प्रदेशका ६८ पम्पका ४४०, लुम्बिनी प्रदेशका ४०२ पम्पका दुई हजार ६३४ जना र सुदूरपश्चिम प्रदेशका ८१ पम्पका ५९८ गरी १० हजार ३४३ जनालाई तत्काल कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइदिन माग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय