हेलिकप्टरमार्फत सीमा सुरक्षार्थ तिङ्करमा पठाइयो प्रहरी
नेपालबहस संवाददाता
जेठ २३, २०७८ सोमबार ३:९:४५
२३ जेठ, दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका—१ को उत्तरी नाका तिङ्करमा नेपाल प्रहरीको टोली खटिएको छ । गत मंसिर यता तिङ्करको छायाँलेकबाट तल झरेको प्रहरीलाई हेलिकप्टरमार्फत तिङ्कर पठाइएको हो ।
नेपालतिर भएर तिङ्कर पुग्न सकिने अवस्था नरहेपछि हेलिकप्टरमार्फत प्रहरी र खाद्य सामग्रीसहित तिङ्कर पठाइएको हो । तिङ्करको छायाँलेकमा प्रहरी सइ हर्क महताको नतृत्वमा १३ जनाको टोली खटाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
नेपालको भूमि भएर तिङ्कर पुग्न पाँच दिन लाग्ने भएपछि सरकारले हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो । हेलिकप्टरमार्फत सुरक्षाकर्मी तिङ्कर पठाउन जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयलाई आग्रह गरेको थियो । पैदल जान निकै कठिनाइ छ । खाद्यान्न, हातहतियार र वन्दोवस्तीको समान लिएर जान सकिने अवस्था नभएपछि हेलिकप्टरमार्फत पठाइएको डिएसपी भट्टले बताए ।
मंसिर महिनामा छागरु झरेको नेपाल प्रहरीको टोली माथि उक्लिन सकेको थिएन । स्थानीयवासी भने गत वैशाखमा तिङ्कर पुगेका थिए तर प्रहरीको राशन, हातहतियार र जनशक्ति पठाउन सम्भव थिएन्, डिएसपी भट्ट भन्नट, “स्थानीय भारतीय बाटोको प्रयोग गरेर गएका थिए तर प्रहरीलाई भारतको बाटो पठाउन सकिने अवस्था नभएपछि हेलिकप्टर माग गरिएको हो ।”
यस्तै सीमा प्रहरी चौकी सीतापूलमा असई प्रकाश सिंहको नेतृत्वमा टोली खटाइएको छ । सीतापूलमा यो वर्ष बाह्रै महिना प्रहरी बसेको छे । सीतापूलको लागि प्रमुख र थप पाँच जनाको टोली पठाइएको छ । हेलिकप्टरमार्फत प्रहरीको लागि छ महिना पुग्ने खाद्यान्न, बन्दोबस्तीको समान पठाइएको छ । तीन हजार ८०० मिटर उचाइमा रहेको छायाँलेक प्रहरी अब मङ्सिरमा मात्रै छांगरु झर्ने बताइएको छ । छायाँलेकबाट चार घण्टाको पैदल बाटोमा नेपाल चीन सीमा स्तम्भ पिलर नम्बर १ रहेको छ । छायाँलेक प्रहरीले तिङ्कर गाउँको साथै चीनसँगको सीमा क्षेत्रसम्मको जिम्मेवारी पाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ताको निरीक्षण
दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र रहेको व्याँस गाउँपालिका—१ को छांगरु र तिङ्करमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी प्रकाश अधिकारी नेतृत्वको टोलीले निरीक्षण गरेका छन्। भारतको अतिक्रमित क्षेत्र नजिकै बस्ने नेपाल प्रहरीको अहिलेको अवस्थाबारे जानकारी लिन निरीक्षण गरेका हुन् ।
अहिले नेपाल प्रहरीको सीतापूलमा प्रहरीको भवन निर्माण शुरु हुँदैछ । भवन निर्माणको अवस्था, प्रहरीले भोग्नुपरेको समस्याबारे जानकारी लिन पहिलो पटक डिआईजी अधिकारी तिङ्कर प्रहरी चौकी पुगेका हुन् । निरीक्षणको क्रममा प्रवक्ता अधिकारीले सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्षम रहेको बताए।
व्यासको तिङ्करमा बस्ने प्रहरीले लामो समयदेखि जीर्ण भत्किएको भवनमा बस्नु परेको छ । यो क्षेत्रमा दाउरा समेत पाइँदैन् । प्रहरीले यो क्षेत्रमा छ महिनासमेत बस्न निकै मुस्किल छ । यहाँ फोन हुन सक्दैन भने हावा तीव्र गतिमामा चल्ने गर्दछ । डिआईजी अधिकारीसँगै दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति एसपी नरेन्द्र वम, जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टलगायतले व्यासको निरीक्षण गरे ।
सीतापुलमा प्रहरी भवन बन्दै
त्रिदेशीय सीमा नजिकै व्याँस गाउँपालिका—१ छांगरुस्थित सीमा प्रहरी चौकी सीतापूलमा नेपाल प्रहरीको भवन निर्माण हुने भएको छ । लामो समयदेखि जीर्ण भवनमा बस्दै आएका सीतापूल प्रहरीको लागि नयाँ सुविधासम्पन्न भवन निर्माण हुने भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा आठकोठे सुविधा सम्पन्न भवन निर्माण हुन लागेको जिल्ला प्रहरी प्रमुख डिएसपी भट्टले बताए । “भवनको लागि ठेक्का सम्झौता भइसकेको छ”, डिएसपी भट्टले भने, “भवन निर्माण प्रक्रिया अघि बढेको छ ।”
व्यासको छांगरु सीतापूलमा निर्माण हुने भवनको लागि कुल रु दुई करोड तीन लाख मा रोयल एलबी एण्ड एबी जेभी धनगढीसँग सम्झौता भएको छ । भवन निर्माणको लागि गत वैशाख १२ गते सम्झौता भइसकेको निर्माण व्यवसायी लालबहादुर वमले बताए । दुई वर्षभित्र भवन निर्माण कार्य सक्नुपर्ने छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार