बुधबार , असार २, २०७८

ठाकुर र महतो पक्षका चारजना मन्त्री बर्खास्त

ठाकुर र महतो पक्षका चारजना मन्त्री बर्खास्त

२३ जेठ, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चारजना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री राउतले राजपा बाट प्रतिनिधित्व गर्ने एक मन्त्री र ३ राज्य मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

भौतिक पुर्वाधार तथा व्यवस्था मन्त्री जितेन्द्र सोनल, राज्य मन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा तथा उद्योग, वन तथा पर्यटन राज्य मन्त्री सुरेश मण्डललाई बर्खास्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्राले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनीहरु चारैजना जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका हुन् । यसअघि आइतबार दिउँसै जसपाको बैठकले राउतलाई संसदीय दलको नेता चयन गरेको थियो ।

केन्द्रमा ठाकुर-महतो पक्ष केपी ओली नेतृत्वको सरकारमा गएपछि जसपाको बिबाद चर्किएको छ । यसैको प्रभाव प्रदेश नम्बर २ मा पनि देखिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय