सोमबार , असार ७, २०७८

प्रदेश २ : प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज बस्दै

प्रदेश २ : प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज बस्दै

२४ जेठ, धनुषा । प्रदेश नं २ को प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक आज सोमबार बस्ने भएको छ । प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौँ अधिवेशन अन्त्य गरेपछि सोमबार बजेट अधिवेशन आह्वान गरिएको हो ।

मन्त्रिपरिषद्का सिफारिसमा प्रदेश प्रमुख डा राजेश अहिराजले सोमबारका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन् । प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार बैठकमा दलका नेताहरूले शुभकामना दिने र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आव २०७८/०७९ का लागि तयार गरिएको पूर्वबजेटको दस्तावेज टेबल गर्ने कार्यसूची छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसैगरी सरकारको आव २०७८/०७९ को नीति तथा कार्यक्रम सोमबार बस्ने प्रदेशसभा बैठकमा पूर्वबजेट छलफलपछि मात्र संसद्मा प्रस्तुत हुने भएको छ । सोअनुसार प्रदेश सरकारले यही जेठ २७ गते नीति तथा कार्यक्रम ल्याइने जनाएको छ ।

प्रदेशसभामा प्रदेश प्रमुख डा अहिराजले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्ने परम्परा भए पनि कोरोना महामारीका कारण संसद अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रम पछाडि धकेलिएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा २१ घण्टा पहिले
उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी २१ घण्टा पहिले
माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार १९ घण्टा पहिले
नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै २२ घण्टा पहिले
पहिराेको उच्च जोखिमसँगै सात घर विस्थापित पहिराेको उच्च जोखिमसँगै सात घर विस्थापित ४ घण्टा पहिले
वनहराका मुक्त कमैयालाई घर खर्च चलाउन धौधौ वनहराका मुक्त कमैयालाई घर खर्च चलाउन धौधौ ३ घण्टा पहिले
काश्मिरका रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा काश्मिरका रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा १५ घण्टा पहिले
नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण २१ घण्टा पहिले