आइतबार , असार ६, २०७८

बुर्किना आक्रमण : संयुक्त राष्ट्रसंघद्धारा घटनाको निन्दा !

बुर्किना आक्रमण : संयुक्त राष्ट्रसंघद्धारा घटनाको निन्दा !

२४ जेठ, एजेन्सी । सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी क्षेत्रस्थित एक गाउँमा शनिबार राति गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो ।

सोल्हान गाउँमा रातको समयमा भएको आक्रमणको क्रममा स्थानीय बासिन्दाका घर तथा स्थानीय बजारमा आगजनीसमेत भएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैन, तर पछिल्लो वर्षहरुमा बुर्किना फासोमा इस्लामिक समूहका आक्रमण हुने गरेका छन् । विशेषगरी सीमा क्षेत्रहरूमा यस्ता आक्रमण बारम्बार हुँदै आएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटना दुखद् भएको बताउँदै घटनाको निन्दा गरेका छन् । घटनापछि बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन । उनले अमानवीय घटनाहरूविरुद्ध सबै एक हुनु पर्ने पनि उल्लेख गरे ।

यसअघि शुक्रबार राति भएको अर्को आक्रमणमा सोल्हान गाउँबाट १५० किलोमिटर उत्तरमा रहेको तादार्यात गाउँमा १४ जनाको ज्यान गएको थियो । गएको महिना बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको थियो ।

बुर्किना फासोमा अहिले गम्भीर सुरक्षा चुनौतिको अवस्था छ । गएको मे मा आर्मीले विद्रोही विरुद्ध बिस्तारित तहको प्रतिकारात्मक कारवाही सुरु गरे पनि हिंसा रोक्न भने सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल बैंकले ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै ४ घण्टा पहिले
देउवा आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफलमा देउवा आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफलमा ७ घण्टा पहिले
यसै साता ओली–नेपालको संयुक्त वक्तब्य आउने सम्भावना ! यसै साता ओली–नेपालको संयुक्त वक्तब्य आउने सम्भावना ! २२ घण्टा पहिले
रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव ६ घण्टा पहिले
प्राचीन शिवालय सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा प्राचीन शिवालय सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा ९ घण्टा पहिले
पुल नहुँदा खोलामा जोखिम मोलेर सवारी वारपार पुल नहुँदा खोलामा जोखिम मोलेर सवारी वारपार ८ घण्टा पहिले
चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप २२६ पत्रकारले लगाए २ घण्टा पहिले
कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय ८ घण्टा पहिले