मंगलबार , असार १, २०७८

नेपाल समूहमा फूट आउने संकेत: गोकर्ण– योगेशको एउटै मत, घनश्याम र सुरेन्द्र द्धिविधामा

नेपाल समूहमा फूट आउने संकेत: गोकर्ण– योगेशको एउटै मत, घनश्याम र सुरेन्द्र द्धिविधामा

२४ जेठ, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेर पुरानो पार्टी कमिटी व्यूताउन तयार रहेको बताएपछि माधव नेपाल समूहका धेरै नेताहरु द्धिविधामा परेका छन् ।

आइतबार साँझ पार्टी अध्यक्षको तर्फबाट वक्तब्य जारी गर्दै प्रधानमन्त्री ओलीले नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने जनाउँदै सो प्रस्ताव गरेपछि नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा नजुट्दै फरक फरक धारणा आउन थालेको हो । उनीहरुबीच केही नेतामा समान धारणा र केही नेताहरु द्धिविधामा रहेको पाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार भएका ओलीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका छन् । तर घनश्याम भूषाल लगायतका नेताहरुले भने त्यसमा आफ्नो नैतिकता जोडिएको भन्दै आनाकानी गरिरहेको स्रोतको दावी छ ।

उनको समूहभित्र रहेका गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायतका नेताहरुले भने यसलाई उपयोग गरेर जानुपर्ने नीति लिएको बताइन्छ । पाण्डे भने मौन रहेका छन् । उनीहरुबीच हिजो राती सुरेन्द्रको घरमा छलफल भएको थियो ।

आन्तरिक विद्रोहको तयारीमा रहेका खनाल–नेपाल समूहले आइतबार दिउसो विज्ञप्ति निकाले ओलीले वार्ताका नाममा चालबाजी गरिरहेको बताएका थिए । उनीहरूले कारबाही फिर्ता लिएमात्रै वार्ता अघि बढ्ने पनि बताएका थिए । त्यसको लगत्तै साँझ ओलीले पार्टी एकताका लागि ६ बुँदाको वक्तब्य जारी गरेका हुन् । ‘नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् । मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।

सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ । आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ, यसबीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कार्बाही नगरिने पूर्वाग्रह नराखिने छैन’, ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले पार्टीभित्र कुनैपनि प्रकारको भेदभाव नगरिने उनले बताएका छन् । ‘नेकपा (एमाले) लाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुने छ’ उनले भनेका छन् ।

ओलीको सो वक्तब्यपछि नेपाल समूहका नेता योगेश भट्टराईले सकारात्मक कदम भएको टिप्पणी गरेका छन् । उनले कार्यदलले काम गर्ने बाटो खुलेको भन्दै शीर्ष नेतृत्वमा संवाद हुने अपेक्षा समेत गरेका छन् । ‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ ।

कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलतः संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्ष नेतृत्वकाबीच सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु ।

हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ’, नेता भट्टराइले भनेका छन् । तर नेपाल समूहका रघुजी पन्तले भने अलिको ढुलमुले बक्तब्य आएकाले छलछाम मात्रै हुनसक्ने आशंका व्यक्त गरेका छन् । उनले सर्वोच्च अदालतमा संसद पुर्नस्थापनाका लागि गरिएको हस्ताक्षर फिर्ता नहुने संकेत गरेका छन् । ‘यो प्रस्ताव अप्रयाप्त छ वक्तब्यमा लेखिएका भाषा अलि अस्पष्ट छन् ।

शुरुमा माधव नेपाल लगायत नेताहरुको कारवाही फिर्ता हुनपर्छ । संसद विघठनका विरुद्धमा अदालतमा जानु भएको साथीहरु केटाकेटी होइनन उनीहरुको राजनीतिक र नैतिक दृष्टिले स्वेच्छाले हस्ताक्षर गरेका हुन् । मलाई लाग्छ यो विषय अदालतको मुद्धा समेत प्रभावित पार्ने गरी आएको हुनसक्छ ।

हस्ताक्षर गर्ने साथीहरुले हस्ताक्षर फिर्ता लिने संभावना म देख्दिन । एकताको नाममा एउटा हात मिलाउने अर्को हातले छुरी धस्ने काम गर्नु हुँदैन, समय लाग्नसक्छ तर सम्मानजनक एकता नै उपयुक्त हुन्छ , यसक्रममा शीर्ष नेताहरुबीच कुराकानी हुने संभावना बढ्छ । कतै मुद्धा फिर्ता गराउने जाल मात्रै हो जस्तो लाग्छ पनि छ तर यो विषयमा साथीहरुले धारणा बनाउनु नै हुनेछ । अहिले म अस्पतालमा छु अस्पतालबाट मलाई लागेको कुरा यही हो’, पन्तले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मझगाउँ विमानस्थल सञ्चालन गर्न १ करोड जम्मा मझगाउँ विमानस्थल सञ्चालन गर्न १ करोड जम्मा १७ घण्टा पहिले
नेपाल निवासमा पुगे देउवा र प्रचण्ड नेपाल निवासमा पुगे देउवा र प्रचण्ड १४ घण्टा पहिले
युरोकप फुटबलमा स्लोभाकियाको विजयी सुरुवात युरोकप फुटबलमा स्लोभाकियाको विजयी सुरुवात १० घण्टा पहिले
राप्ती प्रतिष्ठानले बन्द रहेको ओपीडी सेवा सञ्चालनमा ल्याउने राप्ती प्रतिष्ठानले बन्द रहेको ओपीडी सेवा सञ्चालनमा ल्याउने २० घण्टा पहिले
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? २३ घण्टा पहिले
निषेधाज्ञाको मोडालिटीमा परिवर्तन: के-गर्न पाइन्छ, के-पाइँदैन ? निषेधाज्ञाको मोडालिटीमा परिवर्तन: के-गर्न पाइन्छ, के-पाइँदैन ? १६ घण्टा पहिले
नेपालको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप सह्य हुने छैन: दिलनाथ गिरी नेपालको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप सह्य हुने छैन: दिलनाथ गिरी १३ घण्टा पहिले
१९ लाख कित्ता आईपीओ निष्कासन गर्न जीवन विकास लघुवित्तले पायो अनुमति १९ लाख कित्ता आईपीओ निष्कासन गर्न जीवन विकास लघुवित्तले पायो अनुमति २ घण्टा पहिले