मंगलबार , असार १, २०७८

स्वावलम्बन लघुवित्तको करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ?

स्वावलम्बन लघुवित्तको करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ?

२४ जेठ, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आज (सोमवार) देखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले १ लाख ९० हजार ६५० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले असार २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उक्त शेयरको न्यूनतम मूल्य ७५१ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र असार २९ गते दिउँसो १ बजे एनआईबिएल एस क्यापिटल, लिमिटेड लाजिम्पाट, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने समेत कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय