बुधबार , असार २, २०७८

ललितपुरमा ज्येष्ठ नागरिकलाई चिनियाँ खोप लगाइने

ललितपुरमा ज्येष्ठ नागरिकलाई चिनियाँ खोप लगाइने

२४ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकामा जेठ २५ र २६ गते चिनियाँ खोप लगाइने भएको छ । महानगरपालिकाले भोली र पर्सी नगरका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चिनियाँ खोप लगाउने भएको हो

महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाइएको खोप केन्द्रमा नै यस पटक पनि खोप केन्द्र सञ्चालन गर्न लागेको बताइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर २ मंगलबार र बुधबार खोप लगाउन सकिने जानकारी दिए । सरकारले यस पटक ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई चिनियाँ खोपको पहिलो डोज लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय