बुधबार , असार २, २०७८

प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावको डिजाइनर योगेश भट्टराई !

प्रधानमन्त्री ओलीको ६ बुँदे प्रस्तावको डिजाइनर योगेश भट्टराई  !

२४ जेठ, काठमाडौं । केही दिनयता पार्टी एकताको प्रयास भन्दै प्रधानमन्त्री केपी ओली पक्षसँग नियमित संवादमा रहदै आएका नेता योगेश भट्टराई नै प्रधानमन्त्री ओलीले ल्याएको छ बुँदे प्रस्तावको डिजाइनर रहेको खुलासा भएको छ ।

पार्टी एकताका लागि अध्यक्ष ओलीले पहलकदमी लिनुपर्ने बताउँदै आएका भट्टराईले महासचिव ईश्वर पोख्रेलमार्फत उक्त प्रस्ताव प्रधानमन्त्रीलाई पठाएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

केही दिनअघि महासचिव पोख्रेलसँग भएको भेटमा नेता भट्टराईले यस्तो प्रस्ताव गरेको र पार्टी एकताका लागि भन्दै ओलीले हिजो सार्वजनिक गरेको प्रस्ताव महासचिव पोख्रेल र भट्टराईको गृहकार्य तयार भएको पोख्रेल निकट स्रोतले बताएको छ ।

नेता भट्टराईले ओलीको प्रस्तावसँगै नेकपा एमाले अब एकताबद्ध एमालेको प्रक्रियमा प्रवेश गरेको बताएका छन् । ‘पार्टी भित्र युद्धविराम भएको छ, अब एकताबद्ध भएर अघि बढनु पर्छ, त्यो वातावरण प्रस्तावले निर्माण भएको छ र विभाजनमा जान लागेको त्योबाट फर्किएको छ’ भटराईले  आज विहान एक टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका छन् ।

त्यसो त भटराईले हिजो नै ओलीको प्रस्ताव सकारात्मक रहेको धारणा सार्वजनिक गरेका थिए । माधव नेपालको कित्तामा रहेका भनिएका भट्टराई पछिल्लो पटक शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि नेपाल पक्षले सहयोग गरेको हस्ताक्षरमा सहभागी नभई ओली पक्षसँग निरन्तर छलफलमा रहँदै आएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बालिकालाई करणी गरी करकापमा पारी गर्भपतन गराउने पक्राउ बालिकालाई करणी गरी करकापमा पारी गर्भपतन गराउने पक्राउ ६ दिन पहिले
आठ हाइड्रो सहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? आठ हाइड्रो सहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ? ६ दिन पहिले
सुर्खेतमा चिकित्सकमाथि सामूहिक हातपात, तिन जना नाबालक पक्राउ सुर्खेतमा चिकित्सकमाथि सामूहिक हातपात, तिन जना नाबालक पक्राउ ५ दिन पहिले
वर्षाका कारण अवरुद्ध हुने सडक तुरुन्त खुलाउन विभागको तयारी वर्षाका कारण अवरुद्ध हुने सडक तुरुन्त खुलाउन विभागको तयारी ७ दिन पहिले
नवनियुक्त मुख्यमन्त्री पोखरेलले ४ सदस्यीय मन्त्रिपरिषद बनाउँदै, मनाङे मन्त्री बन्ने पक्का नवनियुक्त मुख्यमन्त्री पोखरेलले ४ सदस्यीय मन्त्रिपरिषद बनाउँदै, मनाङे मन्त्री बन्ने पक्का ४ दिन पहिले
आज जयतु संस्कृतम्को हीरक जयन्ती मनाइँदै आज जयतु संस्कृतम्को हीरक जयन्ती मनाइँदै १ दिन पहिले
कोरोना नियन्त्रणमा ध्यान दिन कांग्रेसकी नेत्री कोइरालाकाे आग्रह कोरोना नियन्त्रणमा ध्यान दिन कांग्रेसकी नेत्री कोइरालाकाे आग्रह २ दिन पहिले
रसुवागढी नाका हुँदै १० हजार सिलिण्डर नेपाल भित्रिए रसुवागढी नाका हुँदै १० हजार सिलिण्डर नेपाल भित्रिए ३ दिन पहिले