बुधबार , असार २, २०७८

सडक पिचका लागि लकडाउन अगाडि नै कालोपत्रे शुरु

सडक पिचका लागि लकडाउन अगाडि नै कालोपत्रे शुरु

२४ जेठ, पर्वत । काभिड–१९ को सङ्क्रमणकै बीच दक्षिण पर्वतका चार पालिकालाई जोड्ने पर्वतको मुडिकुवा–कुर्घा–लुंखु सडकखण्डअन्तर्गत लमायदेखि लुंखुसम्मको खण्डमा कालोपत्रेको काम शुरु भएको छ । उक्त सडकखण्डको लमायखोलादेखि चिर्दीखोलाको सडक पिचको काम अहिले धमाधम भइरहेको छ । सडक पिचका लागि लकडाउन अगाडि नै कालोपत्रेको सामग्रीको व्यवस्था गरिएकाले लकडाउनका बेला पनि धमाधम काम भैरहेको इञ्जीनियर अनुज काफ्लेले जानकारी दिए ।

आरसीआइपीअन्तर्गत निर्माण भएको सडकमा पर्वतमै पहिलोपटक अक्सफाल्ट प्रविधिबाट कालोपत्रे गरिएको छ । तीन इन्च कालोपत्रे बिछ्याएर चार दशमलव पाँच मिटर चौडा पिच गरिएको काफ्लेले जानकारी दिए । यही जेठ २७ गतेसम्म लमायदेखि चिर्दीसम्म ३.५ किलोमिटर कालोपत्रे सकिने र मौसमले साथ दिए असार मसान्तसम्म लमायदेखि कुर्घासम्म करिब ८ किलोमिटर कालोपत्रे गरिसक्ने इञ्जीनियर काफ्लेले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

गुणस्तरीय र दिगो सडक पिचमा जोड दिइएको उनको भनाइ छ । एशियाली विकास बैंक ‘एडिबी’ को ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा उक्त सडक कालोपत्रेको काम भइरहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना ‘आरसीआइपी’ का इञ्जीनियर प्रेमहरी पराजुलीले बताए । पर्वतको अर्मादी–बनौ सडक र मुडिकुवा–कुर्घा–लुंखु सडकका लागि रु ६१ करोड बजेट रहेको छ ।

दुवै सडकको ठेक्का टुन्ड्री कन्ट्रक्सन सानेपा ललितपुरले लिएर काम गरिरहेको छ । उक्त सडकखण्ड २०७५ सालमा पिच गर्ने सम्झौता भएर यही साउनमा सम्झौता मिति सकिँदै छ । कोरोनाका कारण काममा अवरोध भएकाले छ महिना म्याद थपेर उक्त सडक कालोपत्रेको काम सकिने पराजुलीले बताए ।

फलेवासको मुडिकुवादेखि लमायसम्म ७ किलोमिटर सडक यसअघिनै पिच भइसकेको छ । यसैबीच उक्त सडकखण्ड पिचको कार्य भइरहेकाले यही जेठ २७ गतेसम्म वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ ।

लुंखुबाट फलेवास, कुश्माका लागि लिमिठाना हुँदै सवारी सञ्चालन गर्न र मोटरसाइकल भने कुर्घा र फलेवास ढिक जोड्ने पुलबाट तार्न सकिने बताइएको छ । यो सडक कालोपत्रे सम्पन्न भएपछि दक्षिण पर्वतका फलेवास, महाशिला, विहादी र पैंयु गाउँपालिकाका नागरिकहरुलाई सदरमुकाम कुश्माबजार आउजाउ गर्न सहज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

डाइभर्सनले पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालन गर्न सास्ती डाइभर्सनले पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालन गर्न सास्ती ३ घण्टा पहिले
रामपुर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न बजेट निकासा रामपुर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न बजेट निकासा २२ घण्टा पहिले
उपचारको आशमा पूर्वलडाकु परियार उपचारको आशमा पूर्वलडाकु परियार २ घण्टा पहिले
इतिहासकै उच्च विन्दुमा नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा नारायणी नदीको सतह ४ घण्टा पहिले
वाग्मती सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने वाग्मती सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने १७ घण्टा पहिले
मन्त्रालयले सातवटै प्रदेशमा कोरोना युनिफाइड अस्पताल तोक्ने मन्त्रालयले सातवटै प्रदेशमा कोरोना युनिफाइड अस्पताल तोक्ने २३ घण्टा पहिले
संक्रमणको उच्च जोखिमका कारण पनौती जात्रा स्थगित संक्रमणको उच्च जोखिमका कारण पनौती जात्रा स्थगित २ घण्टा पहिले
इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) १९ घण्टा पहिले
प्रदेशका नवनियुक्त मन्त्री गुरुङलाई शपथ प्रदेशका नवनियुक्त मन्त्री गुरुङलाई शपथ ३ हप्ता पहिले
निषेधाज्ञामा अनलाइनबाट इजलास राख्न माग निषेधाज्ञामा अनलाइनबाट इजलास राख्न माग ४ हप्ता पहिले
मन्त्री तामाङ हेलिकोप्टर लिएर पुगे बाढी प्रभावित क्षेत्र  मन्त्री तामाङ हेलिकोप्टर लिएर पुगे बाढी प्रभावित क्षेत्र  ३ घण्टा पहिले
आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन २ दिन पहिले
कांग्रेस फुटाउने रे ! बस्नेत माननीयले दिउँसै गाजा खाएर गफ दिने: नेता खतिवडा कांग्रेस फुटाउने रे ! बस्नेत माननीयले दिउँसै गाजा खाएर गफ दिने: नेता खतिवडा २ हप्ता पहिले
सुदूरका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना पुष्टि सुदूरका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना पुष्टि ४ हप्ता पहिले
टिका सानुको स्वरमा आकासै राम्रो जुन लाएर टिका सानुको स्वरमा आकासै राम्रो जुन लाएर २ हप्ता पहिले
शेयरबजारमा सबैभन्दा धेरै शेयरमूल्य भएका ६ कम्पनी, कुनले कति दिन्छन् लाभांश शेयरबजारमा सबैभन्दा धेरै शेयरमूल्य भएका ६ कम्पनी, कुनले कति दिन्छन् लाभांश २ हप्ता पहिले