उपल्लो डोल्पामा हेलिकोप्टरबाट औषधि ढुवानी
नेपालबहस संवाददाता
जेठ २४, २०७८ सोमबार १५:४२:३
२४ जेठ, जाजरकोट । उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पु¥याइएको छ । दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको याचना गरेका थिए ।
डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाभित्रका गाउँगाउँमा सर्वसाधारणहरू ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेको समाचार राससबाट प्रकाशित भएको थियो । तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत विज्ञप्ति निकाल्दै सहयोगको याचना गरेका थिए ।
जनजाति विकास केन्द्रका अध्यक्ष क्याल्पो थापा भोटेका अनुसार उपर डोल्पामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको अल्टिच्युट प्रोजेक्टको सहयोगमा खरिद गरिएका २३० केजी अति आवश्यक औषधि, जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य विभागबाट पाएको दुई थान अक्सिजन कन्सन्ट्रेटर र हिक्यापबाट सहयोग प्राप्त स्वास्थ्य सामग्रीहरु शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा हेलिकोप्टरमार्फत पठाइएको छ ।
नोम्याड्स क्लिनिकको आर्थिक सहयोगमा सोही हेलिकोप्टरमा डोल्पो टुल्कु च्यारिटेबल फाउन्डेसनको सहयोगमा प्राप्त भएको ८०० थान हेपाटाइटिस बीको भ्याक्सिन र डोल्पो बुद्ध गापाको आम्चीका औषधिहरु सोही गाउँपालिकाको केन्द्र धो तरापमा पु¥याइएको छ ।
कोभिड परीक्षणका लागि १००÷१०० थान कोभिड एन्टिजेन किटहरु पनि दुईवटा गाउँपालिकामा पठाइएको छ । गाउँगाउँमा कोभिड फैलिएका आशङ्काले उपल्लो डोल्पाको तीन पालिकामा रोग र भोक दुवैबाट हुनसक्ने समस्या टार्न सङ्घीय र प्रदेश सरकार तथा विभिन्न गैरसरकारी संस्थामा सहयोगका लागि डोल्पो जनजाति विकास केन्द्रको अध्यक्षले अपिल गरेका थिए ।
विपन्नलाई लक्षित गरी सुपथ मूल्य पसल
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सुपथ मूल्यको पसल सञ्चालन गरेको छ । गत वर्षदेखि थालिएको पसल यो वर्ष पनि सञ्चालनमा छ । कोरोना महामारीका कारण असजिलोमा रहेकाहरूका लागि भन्दै नगरपालिकाले दुई ठाउँबाट सुपथ मूल्यका सामग्री बिक्रीवितरण गरिरहेको हो । हेरक मंगलबार र शुक्रबार नगर प्रहरीले सुपथ मूल्यमा खाद्य सामग्री बिक्रीवितरण गरेका छन् ।
नगरपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट किनेर ल्याएका सामग्री सर्वसाधारणलाई बिक्री गरिरहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा पुग्न सर्वसाधारणलाई टाढा रहेको भन्दै नगरपालिकाले नगरमै यस्तो व्यवस्था गरेको हो । वडा नं १ देखि ९ सम्मका लागि वडा नं २ को सेवानजिकै खाद्य सामग्री बिक्रीवितरण केन्द्र तोकिएको छ । वडा नं १० देखि १४ का सर्वसाधारणलाई लक्षित गरी ११ नम्बर वडाको टाटा बजारमा यसको बिक्री केन्द्र राखिएको नगरपालिकाले जनाएको छ । यी पसलमा दुई खाले मूल्य निर्धारण गरिएको छ । उपभोक्ता कार्ड लिएका र नलिएकाहरूका हकमा केही फरक मूल्य निर्धारण गरिएको छ ।
नगरपालिकाबाट उपभोक्ता कार्ड लिएकाहरूले चामल प्रतिकिलो रु ५०, चिनी प्रतिकलो रु ७० र खाने तेल प्रतिलिटर रु २२० मा किन्न पाइरहेका छन । उपभोक्ता कार्ड नपाएकाका लागि भने चामल प्रतिकिलो रु ५५, चिनी रु ८० र तेल प्रतिलिटर रु २३० मूल्य निर्धारण गरिएको छ । केही समय नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन स्थगित गरेको थियो । कोरोनाका कारण सर्वसाधारणलाई समस्या परेको भन्दै नगरले फेरि निरन्तरता दिएको हो ।
गत वर्षको कोरोना महामारीका कारण नगरपालिकाले नगरवासीलाई उपभोक्ता कार्ड वितरण गरेको थियो । राहत वितरणमा सजिलो हुने भन्दै मापदण्डका आधारमा अति विपन्न परिवारलाई उपभोक्ता कार्ड प्रदान गरेको थियो । त्यही कार्डका आधारमा सुपथ मूल्य पसलका साथै अरूअरू काममा पनि नगरपालिकाले छुट दिने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । नगरपालिकाले उपभोक्ता कार्ड वितरण गरेपछि हरेक कामकाज, योजना निर्माण र कार्यान्वयनमा सजिलो भएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार