मंगलबार , असार १, २०७८

आज नेपाल-खनाल पक्षकाे स्थायी कमिटी बैठक बस्दै

आज नेपाल-खनाल पक्षकाे स्थायी कमिटी बैठक बस्दै

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हिजो साँझ गरेको एकता आह्वानलाई असन्तुष्ट पक्षले अर्काे चालबाजीको संज्ञा दिएको छ । यसबारे छलफल गर्न आज स्थायी कमिटी बैठकसमेत डाकिएको छ । नेकपा एमालेबाट निस्कासित पूर्वप्रधानमन्त्री द्वय माधवकुमार नेपाल– झलनाथ खनाल पक्षले स्थायी कमिटीको बैठक बोलाएको हाे ।

ओलीकाे उक्त प्रस्तावबारे छलफल गर्न नेपाल-खनाल पक्षले बैठक बोलाएको हो । बैठक अहिले केहीबेरमा भर्चुअलमार्फत बस्दैछ । एमाले अध्यक्षसमेत रहेका ओलीले मूलतः विपक्षी दलका नेता शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन गर्न दिएको हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त राखेको छ । ओलीको यो सर्तलाई खनाल – नेपाल पक्षले भने नयाँ चालबाजी भनेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

स्थायी कमिटी सदस्य बेदुराम भूषालका अनुसार, ओलीलाई गाल्ने मुख्य हतियार नै अहिले त्यही हस्ताक्षर हो , त्यसैले त्यो हतियार निस्तेज पार्न मात्रै ओलीले यो फण्डा झिकेका हुन । पार्टी एकताप्रति साँच्चै इमान्दार थिए भने पहिल्यै गर्ने थिए नि यस्तो आह्वान ,त्यो पनि ससर्त गरेकाले हाम्रा लागि स्वीकार्य हुन सक्दैन – उनले भने ।

तर ओलीले हिजो साँझ गरेको ६ बूँदे आह्वानलाई योगेश भट्टराईले भने सकारात्मक भनेका छन् । एमाले भित्रै बसेर बैचारिक संघर्ष गर्नका लागि अध्यक्षको आह्वानलाई सदुपयोग गर्नुपर्ने उनको राय छ । तर यसबारे आजको स्थायी कमिटीले गर्ने निर्णय नै आधिकारिक हुने उनले प्रष्ट पारे ।

ओलीले फेरि पनि नयाँ चाल चलेको भन्ने नेताहरुको प्रतिक्रियाप्रति भट्टराईले शंकाको सुविधा दिनुपर्ने बताए । ओलीलाई सधैं संशयकै दृष्टिले हेरेका हौं, तर यसपटक भने अन्तिमपटक परीक्षण गरौं न त भन्ने मेरो भनाई हो– भट्टराईले भने ।

उता, अर्का स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य भने अब ओलीको भुलभुलैयामा अलमलियो भने रेल धेरै अगाडि पुगिसक्छ भन्दै आम कार्यकर्ताको भावना विपरित ओलीसँग मिल्ने कुरा अब सम्भव नरहेको प्रष्ट पारिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय