आइतबार , असार ६, २०७८

रौतहटमा सुरक्षाकर्मी र स्थानीयबीच झडप, डीएसपीसहित ७ प्रहरी घाइते

रौतहटमा सुरक्षाकर्मी र स्थानीयबीच झडप, डीएसपीसहित ७ प्रहरी घाइते

२४ जेठ, रौतहट । रौतहटमा निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा सोमबार राति सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको छ । झडपमा डीएसपीसहित ७ प्रहरी घाइते भएका छन् । प्रहरीले झडपमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।

झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ७ प्रहरी घाइते भएका छन् । गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सुरुमा इलाका प्रहरी गरुडाले दुई सुरक्षाकर्मी पठाएर डिजे बन्द गर्न र भिडभाड नगर्न सम्झाएको थियो । तर स्थानीयले उनीहरूलाई घेराबन्दी गरेपछि डीएसपी द्वारिका घिमिरेसहितको टोली पुगेको थियो ।

आफ्ना सुरक्षाकर्मीको उद्धार गरेर फर्कंदै गरेको टोलीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएकाे छ ।  झडपमा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय दिलीप सहनी, सुनील सहनी र राधा सहनीलाई पक्राउ गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको डीएसपी घिमिरेले बताए । कोरोना संक्रमणका कारण जिल्लामा जेठ २६ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

महालक्ष्मी विकास बैंकको शेयरमा बुधबारसम्म बोलपत्र पेश गर्न सकिने महालक्ष्मी विकास बैंकको शेयरमा बुधबारसम्म बोलपत्र पेश गर्न सकिने ८ घण्टा पहिले
अब काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्न पाइने अब काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्न पाइने ३० मिनेट पहिले
बाढीले महाकाली नदीमा निर्माण भइरहेको पुलको बाँध बगायो बाढीले महाकाली नदीमा निर्माण भइरहेको पुलको बाँध बगायो ६ घण्टा पहिले
महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गर्याे महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गर्याे १० घण्टा पहिले
दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा ८ घण्टा पहिले
दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग ५ घण्टा पहिले
राहत सामग्री पुर्‍याउने होड : दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित ! राहत सामग्री पुर्‍याउने होड : दुर्गम हेलम्बुमा भन्दा सुगम मेलम्चीमा केन्द्रित ! ८ घण्टा पहिले
सप्तरीमा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या सप्तरीमा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या २१ घण्टा पहिले