मंगलबार , असार ८, २०७८

बन्दाबन्दीमा वन्यजन्तुको खुलेआम चोरी शिकार

बन्दाबन्दीमा वन्यजन्तुको खुलेआम चोरी शिकार

२४ जेठ, डोटी । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा वन्यजन्तुको चोरी शिकार बढेको छ । यहाँका ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी शिकार हुने गरेको पाइएको छ ।

वन्यजन्तुको चोरी शिकार व्यापक भएपनि हालसम्म चोरी शिकार नियन्त्रणको प्रभावकारी अभियान सञ्चालन हुन नसकेको स्थानीयवासीको आरोप छ । जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनहरुमा खुलेआम रतुवा, बदेंल, घोरल, कालिजलगायतका वन्यजन्तु र बहुमूल्य जडीबुटी समेत तस्करी हुने गरेको उनीहरुको भनाइ छ । यहाँका ग्रामीण क्षेत्रहरुबाट तस्करले जङ्गली जनावरको मासुको सुकुटी बनाई लैजाने गरेको स्थानीयवासीहरु बताउँछन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

वन्यजन्तुको चोरी शिकार हुने गरेको व्यापक जनगुनासो आउने गरेको भएपनि कोरोना कहरका कारण नियन्त्रण तथा रोकथामका लागि टोली खटाउन नसकिएको डिभिजनल वन कार्यालयले जनाएको छ । यहाँको महाभारत श्रृङ्खलाअन्तर्गतको तेलेलेक वन र खप्तड राष्ट्रिय निकुञ्ज आसपासका वनहरुमा चोरी शिकार बढेको सायल गाउँपालिकाका रमेश कामीले बताए । उनले भने, “बन्दाबन्दीले सबै ठाउँ बन्द छ, जङ्गलतिर कोही जाँदैनन, अहिले वन्यजन्तु चोरी शिकार गर्न तस्करलाई निकै सजिलो भएको छ ।”

केही हप्तादेखि मौलाएको वन्यजन्तु चोरी शिकारका कारण जङ्गली वन्यजन्तु लोप हुने अवस्थामा पुगेको शिखर नगरपालिका–१ नापानीका वासिन्दा यज्ञ बोगटीले बताए । उनले भने, “वन्यजन्तुको चोरी शिकारीहरुले खुलेआम रुपमा दैनिक वन्यजन्तु मारिरहेका छन्, रोक्न सकिएको छैन । अब त वन्यजन्तु नै लोप हुने स्थिति आएको छ ।”

तस्करहरुले चोरी शिकारीका लागि महिनौँ पहिलेदेखि घरेलु हातहतियारसहित जङ्गलमा निगालोका डोको बुन्ने बहानामा बास बस्ने र शिकार गर्ने गरेको स्थानीयासीहरु बताउँछन् । शिकार गरी मारिएका वन्यजन्तुको मासु यहाँका विभिन्न राजमार्गलगायत सदरमुकामका होटलहरुमा समेत बिक्री वितरण हुने गरेको छ ।

कर्णाली किनार हुँदै डडेल्धुराको गन्यापधुरादेखि डोटीका विभिन्न स्थानीय तहलाई तेलेलेकको वनले समेटेको छ । चोरी शिकारी बढी हुने क्षेत्रका रुपमा चिनिएको यस वन क्षेत्रलाई जिल्लाको शिखर नगरपालिकाले चोरी शिकारी नियन्त्रण अभियान शुरु गर्ने बताएको छ ।

डिभिजन कार्यालयसँग मिलेर चोरी शिकारी नियन्त्रण र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने तथा चोरी शिकारी निरुत्साहित गर्नेसम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेको शिखर नगरपालिका—१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताए । उनले भने, “तेलेलेकमा हुने वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि हामी योजनाबद्ध तरीकाले अगाडि बढ्ने भएका छौँ, चोरी शिकार गर्नेलाई नियन्त्रणमा लिई कारवाही गरेरै छाड्ने छौँ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज बजारमा कतिमा भइरहेको छ सुनको कारोबार ? आज बजारमा कतिमा भइरहेको छ सुनको कारोबार ? १३ घण्टा पहिले
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४६ जनाको मृत्यु पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४६ जनाको मृत्यु ८ घण्टा पहिले
योग र ध्यान अनुसरण गर्न सके महाव्याधिबाट छुट्कारा मिल्छः प्रदेश प्रमुख पौडेल योग र ध्यान अनुसरण गर्न सके महाव्याधिबाट छुट्कारा मिल्छः प्रदेश प्रमुख पौडेल ११ घण्टा पहिले
नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, प्रदेश १ मा बिसी र २ मा रञ्जितकार, सीआईवीमा सिंह नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, प्रदेश १ मा बिसी र २ मा रञ्जितकार, सीआईवीमा सिंह ६ घण्टा पहिले
कांग्रेसलाई लाग्यो महाधिवेशनः देउवामा बढ्यो सकस कांग्रेसलाई लाग्यो महाधिवेशनः देउवामा बढ्यो सकस १२ घण्टा पहिले
कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी १५ घण्टा पहिले
पहिराेको उच्च जोखिमसँगै सात घर विस्थापित पहिराेको उच्च जोखिमसँगै सात घर विस्थापित १५ घण्टा पहिले
पोखरा फाइनान्ससहित ६ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट पोखरा फाइनान्ससहित ६ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट ७ घण्टा पहिले