मंगलबार , असार १, २०७८

कोहलपुर शिक्षण अस्पतालमा ओपीडी सञ्चालन

कोहलपुर शिक्षण अस्पतालमा ओपीडी सञ्चालन

 २४ जेठ, राँझा । कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको कोहलपुरस्थित शिक्षण अस्पतालले बहिरङ्ग सेवा ‘ओपीडी’ सञ्चालन ल्याएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले बहिरङ्ग सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो ।

कोरोना भाइरस संक्रमण घटेसँगै आइतबारदेखि अस्पतालको ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनौडियाले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनका अनुसार, कोरोना भाइरस संक्रमण बिरामी आउन कम भएपछि पहिले झै नियमित रुपमा ओपीडीलगायत सेवा शुरु भएको हो । अब अस्पतालले कोरोना भाइरस संक्रमित र संक्रमित नभएका दुबैको उपचार सेवा नियमित गर्नेछ । यसअघि नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कोरोना भाइरस संक्रमित नभएका र शिक्षण अस्पताल कोहलपुरमा संक्रमित भएका बिरामीको उपचार हुँदै आएको थियो ।

नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरले कोरोना संक्रमित बिरामीको उपचार, शल्यक्रियालगायत सेवा दिइरहेको थियो । शिक्षण अस्पताल नेपालगञ्जमा भने पहिले देखि नै ओपीडीलगायत सेवाको निरन्तरता थियो । कोरोना उपचार केन्द्रका रुपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालको ओपीडी सेवा भने अझै सञ्चालन हुन सकेको छैन ।

बाँके जिल्लामा कोरोना संक्रमण दर घटेको जस्तो देखिएपनि छिमेकी जिल्लाहरुबाट प्रेषण भएर आउने बिरामीको चाप घट्न नसकेकाले जोखिम कायमै रहेको अस्पतालका कोभिड स्रोत व्यक्ति डा। संकेत रिसालले बताए।

उनका अनुसार, भेरी अस्पतालमा १४२ शय्याको कोभिड वार्डमा अहिलेपनि १३६ बिरामी उपचाररत छन् । तीमध्ये ९० प्रतिशत बढीलाई अक्सिजन सहायतामा उपचार भइरहेको बताइएको छ । कोराना भाइरस संक्रमणका कूल बिरामीमध्ये ४० प्रतिशत भन्दाबढीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

माओवादीका नेता–कार्यकर्तालाई एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्छ : मुख्यमन्त्री माओवादीका नेता–कार्यकर्तालाई एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्छ : मुख्यमन्त्री ४ हप्ता पहिले
नेपालमा कोरोना निको हुने दर ७५.१ प्रतिशत नेपालमा कोरोना निको हुने दर ७५.१ प्रतिशत ४ हप्ता पहिले
महिला लघुवित्तसहित नौ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? महिला लघुवित्तसहित नौ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? २ हप्ता पहिले
जसपामा एकता हुँदा नेपाल फेरि पनि एमालेबाट आउट हुने जसपामा एकता हुँदा नेपाल फेरि पनि एमालेबाट आउट हुने ४ हप्ता पहिले
राष्ट्रिय सहमतिको सरकार बनाउन ओलीकाे प्रस्ताव राष्ट्रिय सहमतिको सरकार बनाउन ओलीकाे प्रस्ताव ४ हप्ता पहिले
राष्ट्रियसभा निर्वाचन परिणामले ओलीलाई झड्का, नेपाल फकाउने रणनीति राष्ट्रियसभा निर्वाचन परिणामले ओलीलाई झड्का, नेपाल फकाउने रणनीति २ हप्ता पहिले
पशुपति क्षेत्रमा घाट नराख्न विकास कोषको प्रस्ताव पशुपति क्षेत्रमा घाट नराख्न विकास कोषको प्रस्ताव २ हप्ता पहिले
कोरोना नियन्त्रणमा ध्यान दिन कांग्रेसकी नेत्री कोइरालाकाे आग्रह कोरोना नियन्त्रणमा ध्यान दिन कांग्रेसकी नेत्री कोइरालाकाे आग्रह १९ घण्टा पहिले