मंगलबार , असार १, २०७८

ओलीको आरोपको प्रतिवाद गरे प्रचण्डले

ओलीको आरोपको प्रतिवाद गरे प्रचण्डले

२४ जेठ, काठमाडाैं । हिजो आज प्रधानमन्त्री केपी ओली भन्न थालेका छन्– म त पार्टी एकताकै पक्षमा थिएँ, तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नचाहेकाले नै नेकपा भन्ने पार्टी विभाजन भएको हो ।

खनाल – नेपाल पक्षले आफूलाई साथ नदिने अवस्था आएपछि ओलीको बोली फेरिएको हो । उनले धेरै पटक भनेका छन्–फागुन २३ गते सर्वाेच्च अदालतले नेकपा विभाजन गरेको होइन, बरु प्रचण्ड र माधवजीले गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रचण्डलाई आफूले धेरै पटक फोन गरेको तर उनले मजाकको विषय बनाएको भन्दै ओलीले नेकपा विभाजनका उनी नै मुख्य दोषी रहेको आरोप लगाउने गरेका छन् ।

तर आज भने प्रचण्डले ओलीको उक्त आरोपको कडा प्रतिवाद गरेका छन् । प्रचण्डले आज ट्वीट गर्दै भनेका छन् – ओलीले प्रचण्डका कारण एकता प्रयास सफल नभएको भन्नु झुट भ्रामक र षडयन्त्रपूर्ण अभिव्यक्ति हो । ओलीको यस्तो अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गदैछु – प्रचण्डले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय