बुधबार , असार २, २०७८

नाइजेरियाका बन्दुकधारीद्धारा ११ जना गाउँलेको हत्या

नाइजेरियाका बन्दुकधारीद्धारा ११ जना गाउँलेको हत्या

२४ जेठ, अबुजा । नाइजेरियाको एक गाउँमा मोटर साइकलमा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध हमला गरेर ११ जना गाउँलेको हत्या गरेका छन् ।शनिबार राति ती अज्ञात बन्दुकधारीहरु मोटरसाइकल चढेर आएका थिए । उनीहरुले एक गाउँमा प्रवेश गरेर गोली चलाउन थालेका थिए ।

नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने ओयो राज्यको एक गाउँमा उनीहरुले सर्वसाधारण माथि गरेको गोली प्रहारबाट ११ जना गाउँलेको ज्यान गएको ओयो राज्यको प्रहरीले जानकारी दिएको छ । ओयो राज्यको प्रहरीले सो गाउँमा उनीहरुले रातिको समयमा पुगेर गाउँलेको हत्या गर्नुको साथै त्यहाँका कैयौँ घरमा पनि आगजनी गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सो गाउँमा गरिएको आगजनीमा ठूलो क्षति भएको पनि यहाँको प्रहरीले जानकारी दिएको बताइएको छ । त्यसक्रममा यहाँका गाउँलेले पनि ती हमलाकारीहरुका विरुद्धमा जाइलागेका थिए । गाउँलेले गरेको आक्रमणमा परेर बन्दुकधारीका तर्फबाट पनि केही मानिसको ज्यान गएको बताइएको छ ।

शनिबार राति ती बन्दुकधारी र गाउँलेबीच लामो समयसम्म झडप पनि भएको थियो । त्यहाँ भएको घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । ती बन्दुकधारी को हुन् र राति अकस्मात सो गाउँमा आएर किन हमला गरेका थिए भन्ने बारेमा केही बुझ्न सकिएको छैन ।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । तर पनि त्यस गाउँमा भएको क्षतिको पूर्ण विवरण भने दिइएको छैन । सोही गाउँमा केही समय अघि पनि यसैगरी केही बन्दुकधारीले गाउँलेको ज्यान लिएका थिए । त्यसैले त्यसको बदलामा शनिबार रातिको घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपरको मुनाफा घट्यो, नेटवर्थ कति ? तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपरको मुनाफा घट्यो, नेटवर्थ कति ? २३ घण्टा पहिले
महालक्ष्मी विकास बैंकले १ लाख ६६ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंकले १ लाख ६६ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै ५ घण्टा पहिले
पहिरोले म्याग्दीमा २९ घर परिवार विस्थापित पहिरोले म्याग्दीमा २९ घर परिवार विस्थापित ५ घण्टा पहिले
इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) १८ घण्टा पहिले
आजदेखि मेलम्चीको सुरुङमा पानी हाल्न बन्द आजदेखि मेलम्चीको सुरुङमा पानी हाल्न बन्द २३ घण्टा पहिले
नारायणीले खतराको तह नाघ्यो, मनाङका ३०० लाई सुरक्षित ठाउँमा सारियो नारायणीले खतराको तह नाघ्यो, मनाङका ३०० लाई सुरक्षित ठाउँमा सारियो १७ घण्टा पहिले
कलाकार घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन कलाकार घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन २४ घण्टा पहिले
पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध २२ घण्टा पहिले