मंगलबार , असार १, २०७८

अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच काबुलमा भेट

अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच काबुलमा भेट

४ जेठ, काबुल । अफगान राष्ट्रपति मोहमद असरफ घानी र अफगानिस्तानका लागि अमेरिकी विदेश दूतबीच काबुलमा भेट भएको छ । उनीहरु बीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेट भएको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।

विशेष दूत जालमी खालिजाद अफगानिस्तानको सरकार र यहाँका तालिबानहरुबीचको शान्ति वार्ताका लागि पनि प्रमुख मध्यस्थकर्ताका रुपमा रहनुभएको छ । उनीसँगै हालै अफगानिस्तान आएको शान्ति वार्ता सम्बन्धी टोलीका सदस्यहरु पनि रहेका बताइएको छ ।सो टोलीका सदस्यहरु सँगै खालिजादले अफगानिस्तानका राष्ट्रपति घानीसँग आइतबार भेटवार्ता गर्नुभएको समाचारमा जनाइएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्था र शान्ति वार्ताका विषयमा पनि कुराकानी भएको बताइएको छ । उनीहरुले त्यस क्रममा दुई देशबीचको आर्थिक सहयोगका साथै अरु क्षेत्रीय राजनीतिक विषयहरुमा पनि कुराकानी गरेको बताइएको छ ।

यसका साथै अफगानिस्तानमा केही समय अघि रोकिएको शान्ति वार्ताका विषयमा पनि उनीहरुका बीचका कुराकानी भएको बताइएको छ ।अफगानिस्तानको सरकार र तालिबानबीच केही समयअघि शुरु भएको वार्ता त्यसै स्थगित भएको छ । त्यसपछि अहिले भने तालिबानहरुले अफगानिस्तानमा हिंसात्मक हमलाहरुलाई फेरि पनि निरन्तरता दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जनमोर्चाका सांसद थापालाई पुनर्बहाली गर्न यसअघि दिएको अन्तरिम आदेश खारेज जनमोर्चाका सांसद थापालाई पुनर्बहाली गर्न यसअघि दिएको अन्तरिम आदेश खारेज १७ घण्टा पहिले
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्किट लेबलमा कारोबार, शेयरमूल्य कति ? २३ घण्टा पहिले
चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिए चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिए २ घण्टा पहिले
निशाकाे उपचारमा आँचलले १ लाख सहयोग गर्ने निशाकाे उपचारमा आँचलले १ लाख सहयोग गर्ने १४ घण्टा पहिले
कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री १९ घण्टा पहिले
बैतडीमा असार १५ गतेसम्म निषेधाज्ञा थप बैतडीमा असार १५ गतेसम्म निषेधाज्ञा थप २३ घण्टा पहिले
सप्तरीमा निर्माण शुरु गरेको शपिङ कम्प्लेक्सको काम अलपत्र सप्तरीमा निर्माण शुरु गरेको शपिङ कम्प्लेक्सको काम अलपत्र २२ घण्टा पहिले
ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ? ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ? १६ घण्टा पहिले