मंगलबार , असार ८, २०७८

१० उपलब्धि सार्वजनिक गर्दै निर्वतमान कृषिमन्त्री अर्यालले भनिन्, “पद अस्थायी हो तर बफादारी महत्वपूर्ण हो”

१० उपलब्धि सार्वजनिक गर्दै निर्वतमान कृषिमन्त्री अर्यालले भनिन्, “पद अस्थायी हो तर बफादारी महत्वपूर्ण हो”

२४ जेठ, काठमाडौं । तीन बर्षको अवधिमा चार पटक मन्त्री पदको शपथ खाएर विवादरहित ढंगले बिदा भएकी कृषि तथा पशुपंछी विकास मन्त्री पद्माकुमारी अर्यालले पद अस्थायी हो तर जिम्मेवारी पाउँदा बफादारीपूर्वक समर्पित हुनु महत्वपूर्ण कुरा भएको बताएकी छन् । निर्वतमान मन्त्री अर्यालले हिजो मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी हुनु अघि आफ्नो फेसबुक वालमार्फत सो कुरा बताएकी हुन् ।

स्याङ्जा जिल्लास्थित मतदाता एवं शुभेच्छुकहरुले आफूप्रति गरेको विश्वास र भरोसालाई पूरा गर्न आफूले मनैदेखि वाचा गरेको उल्लेख गर्दै निर्वतमान कृषि मन्त्री अर्यालले भनिन्, “ ३ वर्षमा ३ वटा मन्त्रालय सम्हाल्ने मौका पाए । देश र जनतालाई ईमानदार र निष्ठापूर्वक सेवा गर्ने मेरा रहर र मूल्य दुबै हुन् । सोही मूल्यमा कुनै निजी स्वार्थ र अनुचित लाभमा नलाग्ने प्रणका साथ काम गरें । मलाई माया गर्नुहुने, सद्भभाव राख्नु हुने शुभचिन्तकहरुकै कारण केही युगीन महत्वका ऐतिहासिक कार्य गर्ने उत्प्रेरणा मिलेको हो ।”

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

देश र जनताको नाममा खाएको कसम व्यवहारबाटै प्रमाणित गर्ने मेरो अभिलाषा थियो । पार्टीको चुनावी घोषणापत्रलाई कार्यन्वयन गर्ने सङ्कल्प गरेको उल्लेख गर्दै उनले राष्टको सेवा गर्ने मौका प्रदान गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरू ,सिङ्गो पार्टी पङ्ति र मतदाताप्रति कृतज्ञता व्यक्त गरेकी छन् । कामको सिलसिलामा प्रधानमन्त्रीले दिएको प्रेरणा र हौसलाको उनले मुक्तकण्ठले प्रशंसा गरेकी छन् ।

निर्वतमान मन्त्री अर्याल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १६० दिन जिम्मेवारी निर्वाह गरेकी थिइन । जाँदाजाँदै उनले सो मन्त्रालयमा
मुख्य मुख्य १० अनुभव र उपलव्धिहरू हासिल गरेको जानकारी दिएकी छन् । बुँदागत रुपमा उनले आफ्नो फेसबुक वालमा ती बुँदा यसरी उल्लेख गरेकी छन् ।

padma aryal1

१. उखु किसानको आन्दोलन व्यवस्थापन र समस्या समाधानको लागि जिम्मेवारी पाएको पहिलो हप्ता नै पहल गरी आन्दोलित उखु कृषकहरूको आन्दोलन फिर्ता ।

२. भन्सार नाकाहरूमा Nepal National Single Window System बाट क्वारेन्टाइन सेवा संचालन आरम्भ ।

३. कालीमाटी बजारमा कृषकहरूको बजार सुनिश्चितताको लागि होल्डिङ्ग यार्डको व्यवस्था ।

४. सार्क क्षेत्रमा नै पहिलोपटक देशभरिकै माटोको डिजिटल नक्सा सार्वजनिकीकरण र प्रयोग ।

५. सम्माननीय प्रधानमन्त्रीज्यूबाट किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ ।

६. सम्माननीय प्रधानमन्त्रीज्यूबाट पशुपन्छीजन्य उत्पादनहरू अण्डा, कुखुराको मासु र पाउडर दुधमा आत्मनिर्भरताको घोषणा ।

७. स्वदेशमा नै रासायनिक मल कारखाना स्थापनाको लागि बजेट विनियोजन ।

८. इतिहासमै पहिलोपटक उत्तरी नाकाबाट रासायनिक मल आयातको सुरुवात ।

९. इजरायल सरकारको सहयोगमा सबै प्रदेशका एक एक वटा सरकारी फार्म केन्द्रलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्न बजेट विनियोजन ।

१०. नेपाल सरकार र भारत सरकारबीच रासायनिक मलको आयातको लागि सरकार सरकार (G to G ) प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्‍वाट स्वीकृति प्राप्त ।

बिदाई कार्यक्रममा उनले कृषि मलको अभाव हुन नदिन मन्त्रालयका कर्मचारीलाई अनुरोध पनि गरेकी छन् । निवर्तमान कृषिमन्त्री अर्यालले मल बहुसरोकारको विषय भएकाले आपुर्तिमा निरन्तर अनुगमन गर्न कर्मचारीहरुलाइृ आग्रह गरिन् । सरकारले किसानलाई दिने अनुदान पनि बढाएको उल्लेख गर्दै उनले अनुदानको रकम किसानले नपाउने अवस्था को सिर्जना नगर्न आग्रहसमेत गरिन ।

उनले भनिन्,‘ कृषि मन्त्रालय भनेपछि मल छ कि छैन, यो सरोकारको विषय रैछ । यसबर्ष सरकारले अनुदान बढाएर १३ अर्ब पु¥याएकोले त्यो अनुदानको रकम किसानहरुले उपभोग गर्न नपाउने खालको परिस्थिति सिर्जना नहोस् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय