मन्त्रिपरिषद विस्तारविरुद्ध रिट दर्ता
नेपालबहस संवाददाता
जेठ २४, २०७८ सोमबार २०:२०:५९
२४ जेठ, काठमाडौं । चुनावी सरकारमा रुपान्तरण भएको दाबी गर्ने केपी ओली नेतृत्वको सरकार पुनर्गठन गर्नु असंवैधानिक भन्दै आज बदर गर्ने मागसहित आज सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।
कामचलाउ सरकारले मन्त्रिपरिषद विस्तार गर्न नमिल्ले भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले अदालतमा रिट दर्ता गरेका हुन् ।
दर्ता गरिएको रिटमा अहिलेको सरकार कामचलाउ रहेको र मन्त्रिपरिषद विस्तार बदर गर्न माग गरिएको छ । राष्ट्रपतिले संसद विघटन गरेर निर्वाचन घोषणा गरेको अवस्थामा प्रधानमन्त्री ओली संसद सदस्य नरहेने संविधानमा व्यवस्था रहेको छ । साथै, संविधानअनुसार संसद सदस्य नरहेपछि स्वतः पदमुक्त हुनेछ ।
तर, संविधानविपरीत शुक्रबार जनता समाजवादी पार्टी नेपाल ‘जसपा’सहित आफ्नै दलका सांसद्हरुलाई लिएर प्रधानमन्त्री ओलीले थप मन्त्रिपरिषद विस्तार गरेका छन् ।
दर्ता गरिएको रिटमा वकिलहरुले उक्त निर्णय बदर गर्न, मन्त्रिपरिषद थप विस्तार नगर्न र राज्यकोषमा भार पर्ने कुनै काम नगर्न नगराउन भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार