अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस ग्वाटेमालामा
नेपालबहस संवाददाता
जेठ २४, २०७८ सोमबार २१:७:३३
२४ जेठ, ग्वाटेमाला सिटी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस उपराष्ट्रपतिका हैसियतमा पहिलो विदेश भ्रमणका सिलसिलामा ग्वाटेमाला आइपुगेको छ । उनी ग्वाटेमालाको भ्रमणपछि मेक्सिको प्रस्थान गर्नेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष दूतका रुपमा उपराष्ट्रपतिले ती दुई मुलुकको भ्रमण गर्न लागेको हो । उपराष्ट्रपति ह्यारिसले खासगरी सीमा वारपार भइरहेको तस्करी नियन्त्रणका उपायहरु घोषणा गने)छ । साथै उहाँले भ्रष्टाचार नियन्त्रणका उपायहरुबारे पनि अमेरिकी धारणा सार्वजनिक गर्नेछ ।
राष्ट्रपति बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई अमेरिका–मेक्सिको सीमामा उत्पन्न आप्रवासनका ठोस कारणहरु पत्ता लगाई त्यसको निराकरणका उपाय पहिल्याउन विशेष जिम्मेवारी दिएको छ । उपराष्ट्रपतिका सल्लाहकार टोलीका अनुसार ग्वाटेमालाका राष्ट्रपति अलेज्यान्ड्रो जियामाट्टीसँग सोमबार तथा मेक्सिकोका राष्ट्रपति आन्द्रेस मेनुअल लोपेज ओब्राडोरसँग मङ्गलबार हुने बैठकमा खासगरी भ्रष्टाचार नियन्त्रणका उपायका बारेमा छलफल हुनेछ ।
विशेषदूत रिकार्डो जुनिगाले मध्य अमेरिकी राष्ट्रहरुमा कूल गार्हस्थ्य उत्पादनको ठूलो हिस्सा भ्रष्टाचार हुने गरेको भन्दै चिन्ता व्यक्त गरे । उनले अमेरिकाले भ्रष्टाचार नियन्त्रणलाई सर्वाधिक महत्व दिइरहेको छ भने ।
उपराष्ट्रपति ह्यारिस आइतबार अबेर ग्वाटेमाला सिटी आइपुगेको थियो । उनलाई ग्वाटेमालाका विदेश मन्त्री पेड्रो ब्रोलोले स्वागत गरेको थियो ।
ह्यारिसले ग्वाटेमाला र मेक्सिकोबाट सीमा सुरक्षा र आर्थिक लगानीका क्षेत्रमा व्यापक सहयोगको प्रतिबद्धता चाहेको छ । भ्रमणका क्रममा उनले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने बारेमा पनि छलफल गर्नेछ । अमेरिकाले ग्वाटेमालालाई पाँच लाख तथा मेक्सिकोलाई १० लाख डोज खोप दिने घोषणा गरिसकेको छ ।
मध्य अमेरिकी राष्ट्रहरु होन्डुरस र एल साल्भाडोरबाट हुने मानव पलायनले पनि अमेरिकी सीमामा तनावको वातावरण सिर्जना गर्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार