बुधबार , असार २, २०७८

नेपाल पक्षमा देखियो फुट

नेपाल पक्षमा देखियो फुट

२४ जेठ, काठमाडाैं । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले हिजो साँझ पार्टी एकताका लागि गरेको आह्वानले माधव नेपाल पक्षमा धाँजा परेको छ । नेता नेपाल पक्षमा रहेका दोस्रो पुस्ताका नेताहरुले ओलीको आह्वान सकारात्मक भन्दै एमालेमै बसेर अन्तर्संघर्ष गर्नुपर्ने धारणा बनाएका छन् ।

यसबारे आज बिहानै योगेश भट्टराई निवासमा गोकर्ण विष्ट , घनश्याम भूषाल र सुरेन्द्र पाण्डेले बेग्लै छलफल गरेका थिए । छलफलमा उनीहरुले आफूहरुले उठाएका माग बमोजिम नै ओलीले संवोधन गरेको भन्दै अन्तिम पटक परीक्षण गर्नुपर्नेमा सहमति जनाएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनीहरुले अरु केही साथीहरुले समेत त्यस्तै धारणा राखेको बताएका थिए । बैठकमा नेता भट्टराईले मूल पार्टीमै बसेर संघर्ष गर्नुपर्ने पक्षमा सांसद्हरु नारायण खतिवडा,दीपक भट्ट, राजबहादुर बूढा , गणेश पहाडी लगायत रहेको पनि बताएका थिए ।

तर यसबारे आधिकारिक निर्णय भने आजको स्थायी कमिटी बैठकपछि हुने बताइएको छ । नेता नेपाल यो प्रस्तावमा सहमत नभए आफूहरु भने मूल पार्टीमै फर्कने तयारीमा उनीहरु रहेका छन् ।

यही परिस्थिति बुझेर प्रधानमन्त्री ओलीले सात वटा मन्त्रालय खाली राखेका छन् । सम्भवतः भोलि साँझसम्म विष्ट र भट्टराई सरकारमा सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय