मंगलबार , असार ८, २०७८

मुख्यमन्त्री भट्ट भोलि विश्वासको मत लिंदै

मुख्यमन्त्री भट्ट भोलि विश्वासको मत लिंदै

२४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशसभामा विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनेबारे प्रदेश प्रमुखको कार्यालयलाई जानकारी दिइसकेको छन् ।

भोलि बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिने भएपछि राजनीतिक सरगर्मी पनि बढेको छ । माओवादी केन्द्रका नेता भट्ट सरकारमाथिको विश्वासको मत एमालेले झिकेको पत्र संसद् सचिबालयमा दर्ता गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यसैका आधारमा विश्वासको मत लिनुपर्ने आवाज एमालेको ओली पक्षले उठाउँदै आएको छ । तर एमाले संसदीय दलमा ओली भन्दा माधव नेपाल पक्ष बलियो रहेको छ । कुल ५३ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २५ जना रहेका छन् । जसमा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद् रहेका छन् ।

मुख्यमन्त्री भट्टको पार्टी माओवादीको तर्फबाट यस प्रदेशसभामा १३ जना , नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना रहेका छन् । मुख्यमन्त्रीलाई विश्वासको मत पुग्न २७ जनाको समर्थन आवश्यक छ । एमालेकै नेपाल पक्षले समर्थन गर्दा मात्रै पनि उनको सरकार जोगिने अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय