मंगलबार , असार १, २०७८

एमालेमा जेठ २ र ३ को चूरो कुरो

एमालेमा जेठ २ र ३ को चूरो कुरो

२४ जेठ, काठमाडौं ।  एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले हिजो पार्टी एकताका नाममा ६ बूँदे आह्वान गरे । त्यसमा प्रयुक्त एउटा बूँदामा भनिएको छ – एमालेको पार्टी संरचनालाई मूलतः जेठ ३ मा फर्काइने छ ।

सर्सर्ती हेर्दा लाग्छ– ओली अब माधव नेपाल लगायत असन्तुष्ट नेताहरुले उठाएको माग स्वीकार्न तयार भएका छन् । तर अली नियालेर हेर्दा भने ओलीले फेरि छलछाम नै गरेको निश्कर्ष निकाल्नुपर्ने हुन्छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नेपाल पक्षले उठाएको माग हो–पार्टी संरचना जेठ २, २०७५ अगाडिको रहनुपर्छ । सर्वाेच्च अदालतले फागुन २३ मा गरेको फैसलाले पनि त्यही भन्छ अर्थात, जेठ २, २०७५ अगावैको एमाले र माओवादी केन्द्र ब्यूँतियो ।

ओलीले हिजो लिखित रुपमै सार्वजनिक गरेको पहिलो बूँदामा उल्लेख छ– नेकपा एमालेलाई २०७५ जेठ ३ गतेको अवस्थामा अगाडि बढाइने छ । पार्टी केन्द्रीय सदस्यमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुनेछन् ।

जेठ २ वा ३ भन्ने गतेले के नै पो फरक पर्ला र ? सामान्य रुपमा हेर्दा यस्तै लाग्छ । तर गहिरिएर विश्लेषण गर्दा भने त्यसको प्रभाव व्यापक रुपमै भिन्न रहेको छ । अर्थात, जेठ २ गते एमालेको केन्द्रीय कमिटीमा २०३ जना सदस्य थिए ।

जेठ ३ गते भने माओवादीसँग एकता गर्ने निर्णय भयो । जस अनुसार, माओवादीलाई थप दुुईसय सदस्य थप गर्ने गरी संरचना निर्माण गरियो । साथै, पूर्व एमालेको तर्फबाट ३९ जना केन्द्रीय सदस्य थप्ने निर्णय भयो । त्यसमध्ये ८ जना नेपाल पक्षका र बाँकी ओली पक्षका थिए ।

झेली काम यहीं भएको छ – माधव नेपाल पक्षीय नेता जगन्नाथ खतिवडा भन्छन् – जेठ ३ गते भन्ने वित्तिकै ओली पक्षका ३१ जनासहितको केन्द्रीय कमिटी बन्ने भयो । जबकी जेठ २ गते अगाडिको केन्द्रीय कमिटीमा ओली र नेपाल पक्षमा हाराहारी सदस्य रहेका छन् ।

त्यसैले जेठ ३ मा जाने हो भने हामीलाई फेरि पार्टीबाट अलग राखिने चालबाजी मात्रै हो – खतिवडाले भने । त्यतिखेर थपिएका ८ जनामा पनि तीन जनालाई ओलीले आफ्नो कित्तामा पारिसकेका छन् । नेपाल पक्षबाट थपिएका ती तीन जनामा विष्णु रिजाल, गोविन्दविक्रम शाह र तिलबहादुर मेयाङबो रहेका छन् ।

स्थायी कमिटी र पोलिटब्यूरोमा त अहिले पनि पुरानो संरचनामा नेपाल पक्ष नै बलियो छ । त्यसैले जसरी भएपनि केन्द्रीय कमिटीमा आफ्नो बहुमत पुु¥याउन नै ओलीले यस्तो चलाखीपूर्ण वक्तव्य जारी गरेको नेता खतिवडाले बताए ।

ओली घुमाइफिराइ फागुन २८ गतेको निर्णयलाई वैधता दिन यो सबै जालझेल गरिरहेको उनको ठहर छ । जेठ ३ मा फर्कने हो भने नेकपामा नै फर्काउने र हाल माओवादीबाट आएकाहरुलाई वैध बनाउने चाल रहेको आफूहरुले बुझेको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय