मंगलबार , असार ८, २०७८

कोरोनाविरुद्ध युद्ध लड्ने मुख्य कार्यभार : नवनियुक्त स्वास्थ्यमन्त्री  तामाङ

कोरोनाविरुद्ध युद्ध लड्ने मुख्य कार्यभार : नवनियुक्त स्वास्थ्यमन्त्री  तामाङ

२४ जेठ, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना भाइरसको तेस्रो लहर आउनु अगाडि नै आवश्यक स्वास्थ्य सामग्री जुटाउन पहल गरिरहेको बताएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री  तामाङले कोरोनाकाे तेस्रो लहर आउनु अगाडि नै आवश्यक स्वास्थ्य सामग्री जुटाउन पहल गरिरहेको बताएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै, उनले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने बताएका छन् । उनले भनेका छन्, ‘सबै प्रदेशमा अस्पताल स्थापना र आईसीयू व्यवस्थापन गर्न तयारी गरेका छौं ।’

मन्त्री भएर मन्त्रालयमा आइसकेपछि नागरिकको जीवन रक्षा मुख्य प्राथमिकता रहेको उनले बताए । साथै, कोरोनाविरुद्ध युद्ध लड्ने आफ्नो मुख्य कार्यभार रहेको समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय