सोमबार , असार ७, २०७८

अभिकर्तालाई कर्जा भुक्तानीमा समय थप गर्ने बीमा समितिको निर्णय

अभिकर्तालाई कर्जा भुक्तानीमा समय थप गर्ने बीमा समितिको निर्णय

२४ जेठ, काठमाडौं । बीमा समितिले अभिकर्तालाई कर्जा भुक्तानीमा समय थप गर्ने भएको छ । समितिले सबै जीवन बीमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दे कर्जा भुक्तानी गर्ने समय थप गर्ने सम्बन्धमा योजना पेश गर्न निर्देशन दिएको हो ।

समितिले गत बैशाख २ गते असार मसान्तभित्र सबै कर्जा भुक्तानी गर्न निर्देशन दिएको थियो । तर कम्पनीहरुसंगको औपचारीक र अनौपचारीक छलफलमा असार मसान्तभित्र सबै कर्जाहरु फछर्यौट गर्न अप्ठेरो हुने निकर्ष निकालेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस अनुसार समितिले कम्पनीबाट प्रवाह भएको नगद कर्जाहरु मध्ये कुन कर्जा कति समयमा फछर्यौट हुने हो, त्यस अवधी भित्र फछर्यौट गर्ने व्यवस्था मिलाएर जानकारी गराउने समितिले निर्देशन दिएको छ ।

यससंगै अभिकर्ताहरुले असार मसान्त भित्रै कर्जा भुक्तानी गर्नुपर्ने बाध्यत्मक अवस्था नहुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय