मंगलबार , असार १, २०७८

सोमबार ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ?

सोमबार ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ?

२४ जेठ, काठमाडौं । सोमबार शेयरबजारमा ११ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन ४ वाणिज्यबैंकसहित ११ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो । यस दिन नेपाल बैंक, सेञ्चुरी कमर्सियल, मेगा र प्रभु बैंकसहित ११ कम्पनको शेयरमा उच्च खरिद माग आएको हो ।

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण भ्याली हाइड्रो र नेशनल हाईड्रो, अपी पावर कम्पनी, कामना सेवा विकास बैंक, रिडि हाइड्रो र हिमाल दोलखा हाइड्रोको शेयरमा उच्च शेयर खरिद माग रहेको छ । यस दिन सबैभन्दा बढि अरुण भ्याली र नेशनल हाईड्राको शेयरमा खरिद माग आएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अरुण भ्याली हाइड्रो

अरुण भ्याली हाइड्रोको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ८ लाख १८ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ८ लाख १८ हजार कित्ता शेयर खरिद माग आउदा ९७ हजार बढि कित्ता बिक्री आदेश रहेको छ ।

यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य २.१२ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ९ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ४३४ रुपैयाँ पुगेको छ ।

arun 1

पछिल्लो केही दिन कम्पनीको शेयरमा उच्च शेयर खरिद माग रहेका छ ।कम्पनीले हालै हकप्रद निष्कासन गरेको थियो । कम्पनीले हकप्रद निष्कासन गरेसंगै कम्पनीको शेयर खरिद गर्नेको दैनिक भिड लाग्ने गरेको छ ।

नेशनल हाइड्रो

यस दिन सबैभन्दा बढि नेशनल हाइड्रोको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ७ लाख १२ हजार कित्ता शेयर खरिद माग रहेको छ ।

nat

कम्पनीको शेयरमा ७ लाख १२ हजार कित्ता शेयर खरिद माग आउदा २९६ कित्ता बिक्री आदेश रहेको छ । यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग आउँदा बिक्री आदेश न्यून हुँदा शेयरमूल्य ९.८० प्रतिशतले बढेको हो । यस दिन कम्निीको शेयरमूल्य २४ रुपैयाँले बढेर प्रतिबित्ता शेयरमूल्य २६९ रुपैयाँ पुगेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा ४ लाख ४३ हजार कित्ता खरिद माग रहेको छ । बैंकको शेयरमा ४ लाख ४३ हजार कित्ता खरिद माग आउँदा ३ लाख २० हजार कित्ता बिक्री आदेश रहेको छ ।

nif 2

आज बैंकको शेयरमा खरिद माग र बिक्री आदेश केही अन्तर रहेकाले बैंकको शेयरमूल्य घटेको हो । यस दिन बैंकको शेयरमूल्य ६ रुपैयाँले घटेर प्रतिकित्ता शेयरमूल्य ५७२ रुपैयाँ रहेको छ ।

नेपाल बैंक

यस दिन लगानीकर्ता नेपाल बैंकको शेयरमा झुम्मिएका छन् । बैंकको शेयरमा ३ लाख ५३ हजार कित्ता शेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका हुन् । कम्पनीको शेयरमा ३ लाख ५३ हजार कित्ता शेयर माग आउँदा बिक्री आदेश १ लाख ८८ हजार कित्ता रहेको छ ।

nepal 2

बैंकको शेयरमा खरिद मागको तुलनामा बिक्री आदेश उच्च हुँदा शेयरमूल्यमा गिरावट आएको छ । यस दिन बैंकको शेयरमूल्य १० रुपैयाँले घटेर प्रतिकित्ता शेयरमूल्य ४५० रहेको छ ।

मेगा बैंक

मेगा बैंकको शेयरमा ४ लाख ६५ हजार कित्ता खरिद माग रहेको छ । ४ लाख ६५ हजार कित्ता खरिद माग रहेको बैंकको शेयरमा १ लाख ७८ हजार बिक्री आदेश रहेको छ । बैंकको शेयरमा आज सामान्य गिरावट आएको छ ।

mega

त्यस्तै, प्रभु बैंकको शेयरमा ३ लाख ५६ हजार, रिडी हाइड्रोको शेयरमा ३ लाख १३ हजार कित्ता शेयर खरिद माग रहेको छ ।

कुन कम्पनीको शेयर कति माग

2 d

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय