मंगलबार , असार १, २०७८

नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि सहयोग गर्दै एमआइटी

नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि सहयोग गर्दै एमआइटी

२४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण प्रतिकार्यका सन्दर्भमा नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि सहयोग पु¥याउन सबै तह र तप्कासँग आह्वान गरेका छन् ।

एमआइटी ग्रुप फाउन्डेशनमार्फत सहयोगस्वरुप सङ्कलन गरिएको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा उनले कोरोना संक्रमण नियन्त्रण र उपचारका सिलसिलामा धेरै मुलुकबाट प्राप्त भइरहेको जानकारी दिए । मन्त्री तामाङले भने, “नेपाली जनताको सुरक्षाका लागि ज–जसले जति–जति सकिन्छ सहयोगका लागि सबैसँग आह्वान गर्न चाहन्छु ।”

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनले नेपाली जनतालाई सुरक्षित राख्नका लागि खोपको व्यवस्थापनका साथै अन्य उपचारको प्रबन्धका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताए । उनले प्राप्त सबै सहयोग स्वास्थ्य सेवा विभागमा सङ्कलन गरी सम्बन्धित जिल्लाको माग र आवश्यकताका आधारमा स्वास्थ्य सामग्री पठाउने व्यवस्था गरिएको जानकारी दिए ।

गैरआवासीय नेपाली शेष घले र जमुना घलेद्वारा नेपाल तथा नेपाली जनताको सेवाका लागि स्थापित उक्त फाउन्डेशनले करीब रु तीन करोड मूल्य बराबरका २२० थान अक्सिजन कन्सन्ट्रेटर सहयोगस्वरुप हस्तान्तरण गरिएको प्रबन्धक सञ्चालक सुरेश चित्रकारले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ? ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ? १५ घण्टा पहिले
कोरोना नियन्त्रणमा ध्यान दिन कांग्रेसकी नेत्री कोइरालाकाे आग्रह कोरोना नियन्त्रणमा ध्यान दिन कांग्रेसकी नेत्री कोइरालाकाे आग्रह १९ घण्टा पहिले
नेपालको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप सह्य हुने छैन: दिलनाथ गिरी नेपालको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप सह्य हुने छैन: दिलनाथ गिरी ११ घण्टा पहिले
सत्यवती तालसम्म पुग्न केवलकार जडानको तयारी सत्यवती तालसम्म पुग्न केवलकार जडानको तयारी २१ घण्टा पहिले
किसानका समस्याप्रति गम्भीर बन्न राष्ट्रिय खाद्य बैंकको आग्रह किसानका समस्याप्रति गम्भीर बन्न राष्ट्रिय खाद्य बैंकको आग्रह १८ घण्टा पहिले
आगामी वर्षको बजेट निर्माणमा स्थानीय तह आगामी वर्षको बजेट निर्माणमा स्थानीय तह १७ घण्टा पहिले
नहरमा बालुवा थुप्रिँदा विद्युत् सेवा अवरुद्ध नहरमा बालुवा थुप्रिँदा विद्युत् सेवा अवरुद्ध ५९ मिनेट पहिले
निषेधाज्ञाको मोडालिटीमा परिवर्तन: के-गर्न पाइन्छ, के-पाइँदैन ? निषेधाज्ञाको मोडालिटीमा परिवर्तन: के-गर्न पाइन्छ, के-पाइँदैन ? १४ घण्टा पहिले