बुधबार , असार २, २०७८

मनिषा कोइराला फाउन्डेशनद्वारा कर्णालीमा स्वास्थ्य सामग्री

मनिषा कोइराला फाउन्डेशनद्वारा कर्णालीमा स्वास्थ्य सामग्री

२४ जेठ, खलङ्गा । बलिउड नायिका मनिषा कोइरालाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी छिन। मनिषा कोइराला फाउन्डेशनबाट पीपीई सेट ४१०, चस्मा ३५० थान, एन नाइन्टीफाइभ मास्क ३०० थान, १० हजार ट्याबलेट डेक्सोना औषधि, रियुजेबल गाउन ६० सेट सहयोग गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलको समन्वयमा नायिका कोइरालाले फाउन्डेशनमार्फत सहयोग गर्नुभएको प्रतिष्ठानले जनाएको छ । स्वास्थ्य सामग्री काठमाडौंबाट जुम्ला ल्याउन भने नेपाली सेनाले सहयोग गरेको छ । प्रतिष्ठानले विपत्को समयमा सहयोगी हात जुट्न थालेको बताउँदै प्रतिष्ठानले सो फाउन्डेशनलाई धन्यवाद ज्ञापन गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना पोजेटिभ बिरामीलाई उपचार गर्नाका साथै जिल्लाबाहिर परिचालन गरी काम गरिरहेको छ भने प्रतिष्ठानमा उपचार गर्न यस पटक सुगुम क्षेत्रबाट पनि बिरामी आउने गरेका छन् । प्रतिष्ठानले १२० शय्या आइसोलेशन, १२ शय्याको आइसियु र २४ एचडियु सञ्चालनमा रहेको प्रतिष्ठानका प्रवक्ता रमेश भट्टाराईले बताए । यसैगरी २० कोरोना सङ्क्रमितको शय्यामा सिधै अक्सिजन प्लान्टबाट अक्सिजन आपूर्ति भइरहेको प्रतिष्ठानले जनाएको छ ।

रेडक्रसबाट मास्क र पीपीई प्रदान

नेपाल रेडक्रस सोसाइटी जुम्लाले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई १० हजार मास्क र २० सेट पीपीई हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश अध्यक्ष भेषबहादुर थापा र नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य ललितजङ्ग शाहीबाट उक्त सामग्री प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई हस्तान्तरण गरिएको हो ।

चीन रेडक्रसबाट प्राप्त भएका ३६ हजार मास्कमध्ये १० हजार स्थानीय प्रशासन र अन्य स्थानीय तह तथा अन्य क्षेत्रलाई वितरण गरिने भएको रेडक्रस जुम्लाका मन्त्री इन्द्रराज डाँगीले बताए । उनका अनुसार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले विभिन्न स्थानमा सञ्चालन भइरहेका क्वारन्टिन साइटको सहयोगका लागि एकसय परिवार जतिलाई पुग्ने गरी खाद्य सामग्रीसमेत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयसँग माग गरिएको छ ।

रेडक्रस जिल्ला शाखाले विगत एक वर्षदेखि कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाभित्र लक्षित गरी कोभिड पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन भइरहेको छ । जनचेतना अभिवृद्धि गराउने, कोभिडसम्बन्धी सही सूचना प्रवाह गर्ने, बाल संरक्षणसम्बन्धी गतिविधि, कन्ट्याक्ट टे«सिङ सहयोग, समुदाय र विद्यालयमा स्वच्छ खानेपानी तथा सरसफाइसम्बन्धी गतिविधि भइरहेको मन्त्री डाँगीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

विवेकशील साझाका नेता उज्वल थापा मेडिसिटी अस्पतालमा भर्ना, स्वास्थ्य स्थिति गम्भीर विवेकशील साझाका नेता उज्वल थापा मेडिसिटी अस्पतालमा भर्ना, स्वास्थ्य स्थिति गम्भीर ३ हप्ता पहिले
नदीको बगर किसानको मेहनतले बन्यो हराभरा नदीको बगर किसानको मेहनतले बन्यो हराभरा २१ घण्टा पहिले
संक्रमण बढ्दै गएपछि सीमा नाकामा कडाइ संक्रमण बढ्दै गएपछि सीमा नाकामा कडाइ ३ हप्ता पहिले
नगर अस्पतालको आधुनिक भवन निर्माण शुरु नगर अस्पतालको आधुनिक भवन निर्माण शुरु ४ घण्टा पहिले
चलचित्र मिस्टर नेपाली युटुबमा सार्वजनिक चलचित्र मिस्टर नेपाली युटुबमा सार्वजनिक ४ हप्ता पहिले
उच्च शेयरमूल्य भएको साल्ट ट्रेडिङ कर्पोरेशनले सार्वजनिक गर्‍यो दोस्रो त्रैमासको वित्तीय विवरण, साढे २ करोड मुनाफा  उच्च शेयरमूल्य भएको साल्ट ट्रेडिङ कर्पोरेशनले सार्वजनिक गर्‍यो दोस्रो त्रैमासको वित्तीय विवरण, साढे २ करोड मुनाफा  १ हप्ता पहिले
कीर्तिपुर र चन्द्रागिरिमा फेरि बर्ड फ्लु संक्रमणको पुष्टि कीर्तिपुर र चन्द्रागिरिमा फेरि बर्ड फ्लु संक्रमणको पुष्टि ३ हप्ता पहिले
आज खग्रास चन्द्रग्रहण लाग्दै, ब्लड मुन र सुपर मुन एकसाथ देखिने आज खग्रास चन्द्रग्रहण लाग्दै, ब्लड मुन र सुपर मुन एकसाथ देखिने ३ हप्ता पहिले