निवर्तमान राज्यमन्त्री मानन्धरले गरे आवास सुविधा फिर्ता
नेपालबहस संवाददाता
जेठ २४, २०७८ मंगलबार ०:७:४
२४ जेठ,काठमाडौं । निवर्तमान सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रीका हैसियतमा प्राप्त हुने आवास व्यवस्थापनलगायत आर्थिक सुविधा नलिएर सरकारी कोषमा जम्मा गराएका छन् । विसं २०७६ मङ्सिर ४ देखि यही जेठ २१ गतेसम्म राज्यमन्त्री भएका मानन्धरले आवासीय सुविधा नलिएका मन्त्रीहरुलाई निवास व्यवस्थापनका लागि उपलब्ध गराइने प्रति महिना रु ४० हजारका दरले हुने रु सात लाख २० हजार रकम नलिइएको जानकारी दिए ।
नेकपा ९एमाले० का युवा नेता मानन्धरले आज विज्ञप्ति जारी गर्दै कार्यालय व्यवस्थापनका सुविधाअन्तर्गत प्राप्त हुने रु दुई लाख रकम समेत सरकारी कोषमा नै रहेको बताए । उनले खर्च भएर नजाने जिन्सी सामान, ल्यापटप तथा आइप्याड र सवारी साधन फिर्ता बुझाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा आफू निरन्तर लागेको र अब पनि कुनै कमी नहुने जनाउँदै काठमाडौँ–७ का निवर्तमान प्रतिनिधिसभा सदस्य मानन्धरले आफूले पाएको पारिश्रमिकको आधा रकम कोभिड–१९ रोकथाम कोषमा जम्मा गरेको तथा आफ्नो चल अचल सम्पतिमा कुनै हेरफेर नभएको पनि स्पष्ट गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार