बुधबार , असार २, २०७८

सरकारले एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्य गरेको विपक्षी गठबन्धनको निष्कर्ष

सरकारले एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्य गरेको विपक्षी गठबन्धनको निष्कर्ष

२४ जेठ, काठमाडौं । वर्तमान राजनीतिक परिस्थितिबारे विपक्षी गठबन्धनले सरकारले एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्य गरेको निष्कर्ष निकालेकाे छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार साँझ करिब डेढ घन्टाको छलफलमा प्रदेश २ र गण्डकी प्रदेशको सरकारबारे पनि कुराकानी भएको छ । प्रदेश सरकारमा विपक्षी गठबन्धनको रणनीति र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

विपक्षी गठबन्धनमा सम्बद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले अवैधानिक सरकारले एकपछि अर्का जनतामा असर गर्ने प्रकृतिका धाँधलीयुक्त र भ्रष्ट काम गरिरहेको भन्दै विरोध जनाएको हो ।

स्रोतका अनुसार तीन नेताबीचको वार्तामा प्रदेश-२ र सुदूरपश्‍चिम सरकारमा मिलेर जानेबारे छलफल भएको छ । केन्द्रमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह, जनता समाजवादी पार्टी ‘जसपा’ र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ । त्यही गठबन्धनलाई प्रदेशमा पनि अघि बढाउने सहमति तीन नेताबीच बनेको हो ।

देउवालाई भेट्न दाहाल र नेता नेपाल एउटै गाडीमा बुढानीलकण्ठ पुगेका थिए । यसअघि बिहान पनि माओवादी अध्यक्ष दाहालले बुढानिकलण्ठ पुगेर देउवालाई भेटेका थिए । बिहान एमाले नेता नेपालसँग भेटेर दाहाल सिधै देउवालाई भेट्न पुगेका थिए ।

ओलीले पार्टी एकताका लागि देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्चमा दायर रिट निवेदनमा प्रयोग भएको नेपाल समूहका सांसदको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि उत्पन्न आशंका मेट्न गठबन्धनका नेताहरु आज छलफलमा जुटेका हुन् ।

आज बिहान प्रचण्ड र नेपालबीच पनि भेटवार्ता भएको थियो । प्रचण्डसँगको भेटमा पनि नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय