सोमबार , असार ७, २०७८

पर्वतमा जोखिमका ६ बस्ती स्थानान्तरण गर्न माग

पर्वतमा जोखिमका ६ बस्ती स्थानान्तरण गर्न माग

२४ जेठ,पर्वत । जिल्ला विपद् व्यवस्थापन समितिले कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका ६ वटा बस्ती स्थानान्तरणका लागि माग गर्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारीश गरेको छ ।

स्थानान्तरण गर्नुपर्ने बस्तीमा कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी बस्ती, कोटघर कोट गाउँ र नुवारखोला रहेका छन् भने जलजला गाउँपालिका–४ को गौरेटे बस्ती र फर्सेलाई स्थानान्तरणका लागि सहयोग गर्न अनुरोध गर्दै सिफारिश गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै कुश्मा नगरपालिका–१२ ठुलीपोखरीको राम्चेमुनी बस्तीलाई स्थानान्तरण गर्न यसअघि नै सिफारिश गरिसकिएकाले त्यसका लागि प्राविधिक सहयोग गर्न सम्बन्धित निकायमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । विपद् पूर्वतयारी स्वरूप बस्ती स्थानान्तरणको पहल भएको उनको भनाइ छ ।

गएको वर्षको बाढीपहिरोका कारण पर्वतका ६ सय १ घर स्थानान्तरण तथा पुनर्निर्माणको सूचीमा परेका छन् । तीमध्ये ८५ ओटा घर अति जोखिममा रहेकाले तत्कालै व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम प्राधिकरणले बजेट निकासा गरेको थियो । तर, गण्डकी प्रदेश सरकार र स्थानीय तहको समन्वय अभावले बजेट निकासा नहुँदा प्रभावित परिवारको पुनःस्थापना बीचमै रोकिएको छ ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न गतवर्ष नै सिफारीस गरेर पठाइएकोमा आशिंक माग मात्रै सम्बोधन भएको बताए । जोखिममा रहेका बस्ती तत्कालै स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चीनको छन्तुमा निर्मित नेपाल राष्ट्रिय मण्डप चीनको छन्तुमा निर्मित नेपाल राष्ट्रिय मण्डप ४ हप्ता पहिले
स्टोरिज अफ नेपालद्धारा एकल महिलालाई सहयोग स्टोरिज अफ नेपालद्धारा एकल महिलालाई सहयोग ५ दिन पहिले
एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज, लाभांश वितरण प्रस्ताव पारित गर्ने एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज, लाभांश वितरण प्रस्ताव पारित गर्ने ४ हप्ता पहिले
गृहमन्त्री, गृहसचिवसहित तीन वटै सुरक्षा निकायका प्रमुख शीतलनिवासमा गृहमन्त्री, गृहसचिवसहित तीन वटै सुरक्षा निकायका प्रमुख शीतलनिवासमा ३ दिन पहिले
डोटीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो डोटीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो ६ दिन पहिले
धर्म परिर्वतन रोक्नका लागि साँसद माझीले मागिन विशेष कार्यक्रम धर्म परिर्वतन रोक्नका लागि साँसद माझीले मागिन विशेष कार्यक्रम १ हप्ता पहिले
संवैधानिक इजलाश आज नबस्ने, विघटन सम्बन्धी मुद्धा स्थगित पेशी सूचीमा संवैधानिक इजलाश आज नबस्ने, विघटन सम्बन्धी मुद्धा स्थगित पेशी सूचीमा २ हप्ता पहिले
माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार १९ घण्टा पहिले