सोमबार , असार ७, २०७८

टेली मेडिसिन सेन्टरबाट कोभिड तथा नन-कोभिड बिरामीहरुलाइ दैनिक परामर्श सेवा

टेली मेडिसिन सेन्टरबाट कोभिड तथा नन-कोभिड बिरामीहरुलाइ दैनिक परामर्श सेवा

२४ जेठ, काठमाडौं । कोरोना महामारीमा टेली मेडिसिन सेन्टरबाट कोभिड तथा ननकोभिड बिरामीहरुलाइ दैनिक परामर्श सेवा प्रदान गरिएको छ ।हाल नयां भेरियण्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं” भन्ने अभियानमा नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट २०७८-२-१६ देखि टेली मेडिसिन सेन्टर बाट परामर्श सेवाको शुभारम्भ गरिएको हो ।

यस सेवाबाट स्वदेश तथा बिदेशका गरी कोभिड तथा ननकोभिड बिरामीहरुले दैनिक रुपमा ३०० जनाले परामर्श सेवा प्राप्त गरेका छन् । टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्वर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले दैनिक रुपमा ३०० जनाले सेवा प्राप्त गरेको बताउनु हुंदै आगामी दिनमा अन्य बिरामीहरुले पनि यस सेवा बाट परामर्श प्राप्त गर्न सक्ने र अस्पतालमा जान असमर्थ बिरामीहरुले यस सेवाबाट लाभान्वित हुने बताए ।

यस केन्द्र संचालनका लागि साल्ट टे«डिङ्ग कर्पोरेशन तथा ईश्वरलाल प्रतिष्ठानको पनि सह प्रायोजन रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले “Mero Doctor”  App down load गर्न सकिने र उक्त एप कसरी प्रयोग गर्ने सम्वन्धमा www.merodoctor.com/help मा गई यस वारे आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज बजारमा कतिमा भइरहेको छ सुनको कारोबार ? आज बजारमा कतिमा भइरहेको छ सुनको कारोबार ? २ घण्टा पहिले
बाढीले आफ्नो घर खेत बगाएको ठाउँ हेदै वृद्ध बाढीले आफ्नो घर खेत बगाएको ठाउँ हेदै वृद्ध २० घण्टा पहिले
तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग ३ घण्टा पहिले
अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने ५ घण्टा पहिले
रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रहरी नियन्त्रणमा रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रहरी नियन्त्रणमा २४ घण्टा पहिले
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी १४ मिनेट पहिले
अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी ३ घण्टा पहिले
काश्मिरका रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा काश्मिरका रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा १४ घण्टा पहिले