मंगलबार , असार ८, २०७८

दिल्लीमा सोमबारदेखि अवरूद्ध मेट्रो रेल पुनः सञ्चालन हुने

दिल्लीमा सोमबारदेखि अवरूद्ध मेट्रो रेल पुनः सञ्चालन हुने

२४ जेठ, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध शहरी रेल सेवालाई सोमबारदेखि पुनः सञ्चालन गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।

कोरोना संक्रमण बढेपछि लगाइएको लकडाउन बिस्तारै खोल्ने क्रममा गत १० मे मा रोक लगाइएको मेट्रो सेवा फेरि शुरु गरिएको हो । यद्यपि, अहिले भने ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउन अनुमति दिइएको छ । जोर बिजोर बार पारेर पसलहरु पनि खोल्न दिइएको तर सुरक्षाका उपायहरु भने पालना गर्नुपर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जनाए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

दिल्लीमा गत अप्रिलमा दैनिक १० हजार नयाँ संक्रमित फेला परेकोमा आइतबार ३८१ जनामा मात्रै संक्रमण फेला परेको जनाइएको छ । विगत २४ घण्टामा भारतभर एक लाख ६३६ जनामा संक्रमण देखिँदा दुई हजार ४२७ जनाको मृत्यु भएको छ ।

भारतमा कुल कोभिड संक्रमितको सङ्ख्या अहिलेसम्ममा दुई करोड ८९ लाख पुगेका छ भने तीन लाख ४९ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रबासीको नाममा गरेको सम्बोधनमा भारतमा कुल २३ करोड २७ लाखलाई खोप लगाइसकिएको जानकारी दिए । उनले यो सङ्ख्यालाई आगामी दिनमा थप तीब्रतासाथ वृद्धि गरिने जानकारी पनि दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कतारमा विश्वकप हेर्न आउनेलाई कोरोना खोप दिने तयारी कतारमा विश्वकप हेर्न आउनेलाई कोरोना खोप दिने तयारी ९ घण्टा पहिले
अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु १३ घण्टा पहिले
थुनिएको मस्र्याङ्दी नदी अहिले विस्तारै खुल्दै थुनिएको मस्र्याङ्दी नदी अहिले विस्तारै खुल्दै ८ घण्टा पहिले
योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छः उपप्रम पौडेल योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छः उपप्रम पौडेल १३ घण्टा पहिले
६ वाणिज्य बैंकसहित दश कम्पनीको उच्च शेयर माग, कुनको कति ? ६ वाणिज्य बैंकसहित दश कम्पनीको उच्च शेयर माग, कुनको कति ? ६ घण्टा पहिले
कोरोना संक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने कोरोना संक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने ४ घण्टा पहिले
पूर्व माओवादी नेताहरुको पीडा: भोलि उठी कहाँ जाने केही थाहा छैन् ! पूर्व माओवादी नेताहरुको पीडा: भोलि उठी कहाँ जाने केही थाहा छैन् ! ७ घण्टा पहिले
कोरोना महामारीले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट कोरोना महामारीले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट १४ घण्टा पहिले
तपाईको आजको राशीफल कस्तो छ ? तपाईको आजको राशीफल कस्तो छ ? ६ दिन पहिले
रिलायबल लाइफ इन्स्योरेन्सको सभाले आईपीओ प्रस्ताव पारित गर्दै आज रिलायबल लाइफ इन्स्योरेन्सको सभाले आईपीओ प्रस्ताव पारित गर्दै आज ४ दिन पहिले
कम्फर्टेवल वालाहरुले देखेकाे विदेशी हस्तक्षेप कम्फर्टेवल वालाहरुले देखेकाे विदेशी हस्तक्षेप १२ घण्टा पहिले
बाढीले मनाङको ताल गाउँ डुवानमा बाढीले मनाङको ताल गाउँ डुवानमा ६ दिन पहिले
एमाले महासचिव पोखरेल र स्वीस राजदूतबीच भेटवार्ता एमाले महासचिव पोखरेल र स्वीस राजदूतबीच भेटवार्ता ५ दिन पहिले
कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी १५ घण्टा पहिले
स्कटल्याण्डका नेपालीद्वारा नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर स्कटल्याण्डका नेपालीद्वारा नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर ३ दिन पहिले
योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति १८ घण्टा पहिले