सोमबार , असार ७, २०७८

विश्वकपको छनोट: पहिलो हाफमा नेपाल १-० ले पछाडी

विश्वकपको छनोट: पहिलो हाफमा नेपाल १-० ले पछाडी

२४ जेठ, काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले अहिले बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको हो । खेलको पहिलो हाफ सकिदा जोर्डनले १-० को अग्रता बनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

खेलको २४ औं मिनेटमा बाहा फाइजल सिफले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका हुन् । नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।

खेलमा एकतर्फी पकड जमाएपनि जोर्डनले अन्य गोल गर्न भने सकेन । जोर्डनका खेलाडीका केहि उत्कृष्ट प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय