सोमबार , असार ७, २०७८

विघटनको बाटोमा गण्डकी प्रदेशसभा

विघटनको बाटोमा गण्डकी प्रदेशसभा

२५ जेठ, काठमाडौं। प्रदेशसभामा आगामी आर्थिक बर्षको बजेट पेश नहुँदै गण्डकी प्रदेशसभा विघटन उन्मूख देखिएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पनि नपाउने र राजमाका एक सांसदले बिपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग नगर्ने  भएपछि गण्डकी  प्रदेशसभा विघटनको खतरा बढेको हो।

गत बैशाख २९ गते मन्त्री गुरुङ्ग प्रदेश सभामा प्रतिनिधित्व गर्ने सवैभन्दा ठुलो दलको हैसियतमा पुन मुख्यमन्त्री नियुक्ति भएको छन् । संविधान अनुसार त्यसरी नियुक्ति भएको मुख्यमन्त्रीले तीस दिन भित्र प्रदेशसभा बाट विश्वासको मत लिनुपर्ने वाध्यता अनुसार उनले विश्वासको मत लिनुपर्ने छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रदेश गण्डकी प्रदेश सरकारले यहि जेठ २७ गते भित्र विश्वासको मत लिनुपर्ने बाध्याता छ । दुवै पक्षले विश्वासको मत लिने आधार नबने पनि विश्वासको मत लिने दिन नजिकिदै जाँदा दुवै पक्ष बहुमत जुटाउन लागिपरेका छन् ।

६० सदस्यी प्रदेशसभामा एमालेका २७  नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ (सभामुख बाहेक) र जसपाका २ राजमो ३ र एक स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमध्ये  विपक्षी गठबन्धनमा २८ सांसद छन् । मुख्यमन्त्री गुरुङ्गको  पक्षमा पनि स्वतन्त्र उम्मेदावार सहित २८ सांसदको समर्थन छ । सरकार परिवर्तनका लागि ३१ सांसद संख्या आवश्यक पर्छ ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा विपक्षी गठवन्धको सरकार बनाउने पार्टीको निर्णय विपरित गएपछि प्रदेश सभा कसैकोपनि बहुमत नजुटने अवस्था आएको हो । पार्टी उनलाई कारवाही गरी सांसदपदबाट निलम्वन गरेर विपक्षी गठवन्धलाई मुख्यमन्त्ती बनाउ सहज बनेको वेला सर्वोच्चले अन्तरिम आदेशबाट उनको पद कायम राखिदिएपछि कतै पनि बहुमत नपुग्ने अवस्था सृजना भएको छ ।

यसै बीच सभामुखलाई राजीनामा गराएर भएपनि प्रदेशसभा विघटन हुन नदिने विकल्पको रुपमा समेत छलफल समेत सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

के योगेश भट्टराई अब ‘पोइला’ गएकै हुन ? के योगेश भट्टराई अब ‘पोइला’ गएकै हुन ? ४ हप्ता पहिले
ग्राण्डीले घरघरमा पुगेर पीसीआर परीक्षण गर्ने ग्राण्डीले घरघरमा पुगेर पीसीआर परीक्षण गर्ने ३ हप्ता पहिले
हकप्रद निष्कासन गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको शेयरमूल्य लाग्यो सकारात्मक सर्किट हकप्रद निष्कासन गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको शेयरमूल्य लाग्यो सकारात्मक सर्किट १ हप्ता पहिले
निर्वाचन आयोगको फैसला खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र: भट्टराई निर्वाचन आयोगको फैसला खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र: भट्टराई ७ दिन पहिले
रिचार्जरले अक्सिमिटर ७९९ र अक्सिजन कन्सन्ट्रेटर ३९,९९९ मा उपलब्ध गराउने रिचार्जरले अक्सिमिटर ७९९ र अक्सिजन कन्सन्ट्रेटर ३९,९९९ मा उपलब्ध गराउने ३ हप्ता पहिले
नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई ५ दिन पहिले
किन युवती पाका उमेरका पुरुष छान्छन् ? किन युवती पाका उमेरका पुरुष छान्छन् ? ५ दिन पहिले
प्रदेश नं १ मा ३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन [ पूर्णपाठ ] प्रदेश नं १ मा ३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन [ पूर्णपाठ ] ६ दिन पहिले