सोमबार , असार ७, २०७८

नक्कली उद्योग खडा गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्ने युवक पक्राउ

नक्कली उद्योग खडा गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्ने युवक पक्राउ

२५ जेठ, काठमाडौं । काठमाडौंको सानो भ¥याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कम्पनीका व्यवस्थापक धादिङ नीलकण्ठ नगरपालिका–४ घर भई सोही ठाउँ बस्ने २४ वर्षीय दीपक श्रेष्ठ रहेका छन् ।

नक्कली स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्दै आएका अन्य दुई जना भने भाग्न सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारत घर भई थानकोट बस्ने रोशन जैसवालले अवैधरूपमा विभिन्न कम्पनीको नाम तथा लोगो राखी गुणस्तरहीन हेण्ड स्यानिटाइजर उत्पादन गर्ने गरेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा जाँदा एक जना पक्राउ परेका हुन् । उनको साथबाट पाँच लिटर, ५०० र १०० मिलीलिटरका समेत गरी २०० कार्टुन स्यानिटाइजर बरामद गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस्तै श्रेष्ठसँगै भारत घर भएका जैसवालले स्थानीयवासी राजु महर्जनको घरको कोठा भाडामा लिई भारतको श्रीनाथ हरबल एण्ड कस्मेटिक इण्डष्ट्री प्रालिको नाममा कम्पनी दर्ता गरी अवैधरूपमा विभिन्न उद्योगको कस्मेटिक सामानसमेत उत्पादन गर्दै आएको फेला परेको छ । उक्त घरमा कस्मेटिकको सामान गोदाम गरेर राखेको पाइएकाले वाणिज्य विभागसँगको समन्वयमा सोमबार सिल गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

स्यानिटाइजर र कस्मेटिक कम्पनी खोली अवैधरूपमा भारतीय ब्राण्डका नक्कली सामान उत्पादन गर्ने भारतीय नागरिक जैसवाल र राजन जैशवाल फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त २२ घण्टा पहिले
राहत लिएर गएको सेनाको हेलिकप्टर चामेमै रोकियो राहत लिएर गएको सेनाको हेलिकप्टर चामेमै रोकियो १७ घण्टा पहिले
स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै २० घण्टा पहिले
सरकारी एम्बुलेन्स प्रयोगबिहीन हुँदा बिरामी मर्कामा सरकारी एम्बुलेन्स प्रयोगबिहीन हुँदा बिरामी मर्कामा १० मिनेट पहिले
बाढीले पुरिएका सामान निकाल्दै स्थानीय र व्यवसायी बाढीले पुरिएका सामान निकाल्दै स्थानीय र व्यवसायी २० घण्टा पहिले
तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग ३ घण्टा पहिले
रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव २४ घण्टा पहिले
नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण २० घण्टा पहिले