राहत पाएपछि गन्धर्व बस्तीमा खुशीयाली
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार १५:५२:५८
२५ जेठ,झापा । झापाको कचनकवल गाउँपालिकामा बसोबास गर्दै आएका अल्पसङ्ख्यक गन्धर्व समुदायको बस्तीमा खाद्य सङ्कट भएको समाचार राससमा प्रकाशित भएपछि पर्याप्त राहत सहयोग जुटेको छ । राहत आएपछि बस्तीमा खुशीयाली छाएको छ । कचनकवल–२ को सो विपन्न बस्तीमा गन्धर्व समुदायका ४६ परिवार बस्दै आएका छन् । कोभिड–१९ को महामारीका कारण निषेधाज्ञा लम्बिएपछि सो बस्तीका बासिन्दा भोकभोकै परेका थिए ।
काठमाडौँका केदार गान्धारीले रु ९० हजार पठाएर रासस झापा कार्यालयमार्फत बस्तीका ४६ परिवारमा प्रतिपरिवार एक बोरा ९२५ केजी० चामल, मुसुरो दाल, तोरीको खानेतेल, साबुन र टुथपेस्ट सहयोग गरे । गान्धारीबाट प्राप्त राहत सामग्री राससको झापा कार्यालय प्रमुख चन्द्रकला भण्डारीले प्रदेश नं १ का प्रदेशसभा सदस्य वसन्त बानियाँ र सञ्चारकर्मीहरुको उपस्थितिमा राहत सामग्री सोमबार हस्तान्तरण गरिन् ।
राहत सामग्री पाएपछि खुशी भएकी स्थानीयवासी धनमाया गन्धर्वले सानो परिवारका लागि दुई महिना र ठूलो परिवारका लागि कम्तीमा एक महिना पुग्ने चामल, दाल र खानेतेल सहयोग पाएको बताइन् । “बाहिर निस्कन नपाउँदा कमाउने बाटो थुनियो, घरमा भएको चामल दाल सबै सकियो”, धनमायाले भनीन्, “राहत नआएको भए गाइनेको चुलो बल्न छाडिसकेको थियो ।”
गन्धर्व बस्तीमा अरु दाताले पनि राहत सामग्री पु¥याएका छन् । काठमाडौँकी समाजसेवी ज्वाला सङ्ग्रौला, अनेरास्ववियू कचनकवल गाउँ समिति, सत्यसाई सेवा समिति प्रदेश नं १ समिति र कचनकवल स्वतन्त्र युवा समूहबाट समेत राहत सामग्री प्राप्त भएको स्थानीयवासी रेजिना गन्धर्वले बताइन् ।
झापा सदरमुकाम भद्रपुरबाट ३० किलोमिटर दक्षिण नेपालकै होचो स्थान कचनकवलमा गन्धर्व समुदायको अलग्गै बस्ती छ । सारङ्गी रेटेर गाउँगाउँ डुल्दै गीत गाउने पेशा अँगालेका विपन्न गन्धर्वहरु कोरोना महामारीका कारण हिँडडुल बन्द भएपछि भोकभोकै बस्नु पर्ने अवस्था आएको थियो । उनीहरुको खेतीपाती र व्यापार छैन ।
पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका सचिव रविन गन्धर्वले समुदायले कोरोना कहरमा भोग्नुपरेको दुःख बुझेर राहत सामग्री ल्याइदिनु हुने सम्पूर्ण सहयोगी व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेकी छिन् । भोकै बस्नुपर्ने परिस्थितिले चिन्तित गन्धर्व परिवारमा मनग्य राहत जुटेपछि खुशीयाली छाएको उनले बताइन् ।
“सहयोगी मनहरुले हाम्रो दुःख बुझेर पर्याप्त राहत ल्याइदिए, अब गन्धर्व बस्तीमा कोही पनि भोकै बस्नुपरेन”, उनले भनीन्, “गाउँबस्ती डुलेरै पुर्खादेखि जीविका चलाउँदै आएका थियौँ । कोरोनाले निषेधाज्ञा लागेपछि लामो समय घरभित्रै बस्नुपर्दा खानेकुराको चरम अभाव भएको हो ।”
सोही क्षेत्रका जनप्रतिनिधि एवं प्रदेशसभा सदस्य बानियाँले जनताको स्वास्थ्य सुरक्षाका लागि लामो अवधिसम्म निषेधाज्ञा लगाउनु पर्ने परिस्थितिले विपन्न गन्धर्व समुदायमा खाद्य सङ्कट उत्पन्न भएको जनाउँदै मानवीय भावनाले ओतप्रोत भएर राहत सहयोग गर्नुहुने सबै दाताप्रति कृतज्ञता व्यक्त गरे ।
गन्धर्व समुदायको कला, संस्कृति र पहिचानको संरक्षणका लागि प्रदेश सरकारको सहयोगमा गन्धर्व सङ्ग्रहालय निर्माण शुरु गरिएको बानियाँले बताए । सो समुदायका लागि जनता आवास कार्यक्रममार्फत विपन्न परिवारलाई घर निर्माण, सामुदायिक घरबास कार्यक्रम र बालबालिकाको शिक्षाका लागि विशेष योजना ल्याइएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार