मंगलबार , असार १, २०७८

यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण

यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण

२५ जेठ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्ष औसत मितिभन्दा अगाडि नै नेपालमा मनसुन भित्रिने पूर्वानुमान गरेकाे छ । नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ तारिख हो । मौसमविदका अनुसार त्यस अगाडि नै यस वर्षको मनसुन सुरु हुने सम्भावना छ ।

यता मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनमा नेपालका धेरैजसो स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेका छन् । नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनेर भनिन्छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

मनसुन आगमनको अवस्थाबारे सोमबार पनि छलफल गरेका उनीहरुले मंगलबार पनि छलफल गर्दैछन् । अहिलेसम्मको छलफलले नेपालमा मनसुनका लागि अनुकूल गतिविधि बढ्दै गएको र जुन १३ अघि नै भित्रिने निष्कर्ष निकालेको हो ।

पूर्वी नेपालबाट मनसुन भित्रिने र पश्चिम नेपालबाट बाहिरिने गर्दछ । केही दिनयता पूर्वी क्षेत्रतिर मनसुन अनुकुलको वातावरण बन्दै गएकाले पानी पर्ने क्रम जारी छ । सोमबार र मंगलबार पनि पूर्वी नेपालका केही भागमा हल्का पानी परेको थियो । केही दिनयता बादल लाग्ने र हल्का पानी पर्ने गरिरहनुलाई मनसुन सुरु हुने पूर्वसंकेतको रुपमा लिइएको छ ।

मंगलबार जारी मौसमी बुलेटिन अनुसार मौसम पूर्वानुमान महाशाखाले बुधबार र बिहीबार पनि केही प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले मंगलबार जारी गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार मंगलबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । तर बुधबार र बिहीबार भने केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबारसम्म पुग्दा देशभर पूर्ण बदली भई ५ वटै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षाको सम्भावना समेत रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

आगामी २४ घण्टामा भने पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहे पनि उच्च वर्षाको सम्भावना कम रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय