मंगलबार , असार १, २०७८

बागलुङ नगरभित्रका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

बागलुङ नगरभित्रका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

२५ जेठ,गलकोट । बागलुङ नगरपालिका भित्रका ग्रामीण सडक धमाधम कालोपत्र र मर्मत भईरहेका छन् । कोरोना कहर साथै निषेधाज्ञाको समयमा पनि नगरपालिकाले सडक कालोपत्र गरिरहेको छ ।

असार मसान्तभित्र नगरपालिकाको झण्डै १० किलोमिटर जीर्ण सडक कालोपत्र तथा मर्मत गर्ने नगरपालिकाले जनाएको छ । बागलुङ बजारलाई खाल्डाखुल्डीमुक्त गराउने अभियानअन्तर्गत अहिले पुराना तथा कालोपत्र उप्किएका, खाल्डाखुल्डी परेका तथा बाढीपहिराले बिगारेको सडक कालोपत्रको योजना छ । अहिले बागलुङ बजारको पुरानो अदालत रोडबाट कृषि विकास बैंक हुँदै गोदाम घरसम्मको सडक कालोपत्र सम्पन्न भइसकेको छ । कोरोना कहरमा मजदुरलाई एकै स्थानमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक कालोपत्र गरिरहेको नगरपालिकाका इञ्जीनियर गौरव शर्माले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अहिले एक किलोमिटरभन्दा बढी सडक कालोपत्र भइरहको र जेठ मसान्तभित्र पाँच किलोमिटर र असार मसान्तभित्र १० किलोमिटर सडक कालोपत्र गरिने इञ्जीनियर शर्माको भनाइ छ । बागलुङ नगरभित्रको जीर्ण सडक कालोपत्र तथा मर्मत शीर्षकमा सडक बोर्ड तथा बागलुङ नगरपालिकाको साझेदारीमा सडक कालोपत्रको काम भइरहेको छ । चार वर्षअघि बागलुङ नगर खानेपानीको आयोजना विस्तारका क्रममा बनेका खाल्डाखुल्डीले बजार कुरुप बन्दै आएको थियो । असार मसान्तसम्म मुख्य सडकका खाल्डाखुल्डी मर्मत भइसक्ने नगरपालिकाको भनाइ छ । रु एक करोड ३८ लाखको लागतमा ९।२५ किलोमिटर सडक कालोपत्र, खालटाखुल्डी मर्मत गर्ने योजना छ ।

आरएस निर्माण सेवाले सडक बोर्डको रु ९२ लाख र बागलुङ नगरपालिकाको रु ४६ लाख लागतमा कालोपत्रको काम गरिरहेको छ । उक्त रकमबाट बागलुङ बजारको देउराली चोक, तीनतलेबाट धारपानीसम्म, पुरानो वन कार्यालयबाट बुद्धचोक हुँदै पेन्सन क्याम्पसम्म, कुडुँलेको तिरुपती चोक हुँदै ठुलस्वारासम्मको सडक र पुरानो वन कार्यालयबाट बागलुङ एफएमसम्मको सडक कालोपत्र हुनेछ ।

यस योजना कार्यान्वयन भए बागलुङ बजारका सबै मुख्य सडक असार मसान्तभित्र कालोपत्र भइसक्नेछन् । बागलुङ बजारको हुलाकचोकबाट जिल्ला अदालत हुँदै रुद्रेपिपलसम्मको सडक भने सघन शहरी पूर्वाधार विकास आयोजनाले सडक कालोपत्र गर्न पूर्वाधार निर्माण गरे पनि सडक कालोपत्र भएको छैन । नगरपालिकामा धेरै पहिले कालोपत्र भएका तर अहिले निकै जीर्ण भएको सडक अहिलेको प्राथमिकतामा परेको र १० किलोमिटर सडक कालोपत्र र मर्मत हुनासाथ अधिकांश बागलुङ बजारका सडक कालोपत्र र खाल्डाखुल्डीमुक्त भइसक्ने नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

“गत वर्ष कोरोनामा धेरै विकासे आयोजना प्रभावित बने तर अहिले सरकारले निर्माणको काम नरोक्ने भनेका कारण स्वास्थ्य सुरक्षा अपनाएर विकास निर्माण भइरहेको छ” नगरप्रमुख पौडेलले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दक्षिण अफ्रिकाकी एक महिलाले जन्माइन एकै पटक दश सन्तान दक्षिण अफ्रिकाकी एक महिलाले जन्माइन एकै पटक दश सन्तान ६ दिन पहिले
अमेरिका बस्ने नेपालीले पठाए स्वास्थ्य सामग्री अमेरिका बस्ने नेपालीले पठाए स्वास्थ्य सामग्री २० घण्टा पहिले
प्रदेशका सम्पूर्ण पत्रकारलाई खोपको व्यवस्था गरिने प्रदेशका सम्पूर्ण पत्रकारलाई खोपको व्यवस्था गरिने ६ दिन पहिले
प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण १८ घण्टा पहिले
यस बर्ष बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान यस बर्ष बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान ५ दिन पहिले
हकप्रद निष्कासन गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको शेयरमूल्य लाग्यो सकारात्मक सर्किट हकप्रद निष्कासन गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको शेयरमूल्य लाग्यो सकारात्मक सर्किट २ दिन पहिले
नवनिर्वाचित राष्ट्रियसभाका सदस्य पाण्डेय नवनिर्वाचित राष्ट्रियसभाका सदस्य पाण्डेय ६ दिन पहिले
महन्थ ठाकुरपक्षीय ९ मन्त्रीलाई ७ दिने स्पष्टीकरण महन्थ ठाकुरपक्षीय ९ मन्त्रीलाई ७ दिने स्पष्टीकरण १७ घण्टा पहिले