मंगलबार , असार ८, २०७८

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय,ओली पक्षले बैठक बहिस्कार गर्ने

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय,ओली पक्षले बैठक बहिस्कार गर्ने

२५ जेठ, काठमाडौं । सुदूरपश्चिम एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । संसदीय दलको यस निर्णयमा असहमति जनाउँदै ओली पक्षका ७ सांसदले भने आजको प्रदेशसभा बैठकमा सहभागी नुहने बताएका छन् ।

माधव नेपाल पक्षको बहुमत रहेको सुदूरपश्चिम एमाले संसदीय दलले पार्टी केन्द्रीय कमिटीको निर्णयलाई बेवास्ता गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

केही बेरपछि प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदैछन् । भट्टलाई विपक्षी गठवन्धनका अतिरिक्त एमालेकाे साथ रहेकाले  विश्वासको मत पाउनेमा उनी ढुक्क छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय