बुधबार , असार २, २०७८

मन्त्रिपरिषद विस्तारविरुद्ध परेका रिटमाथि सुनुवाइ हुँदै

मन्त्रिपरिषद विस्तारविरुद्ध परेका रिटमाथि सुनुवाइ हुँदै

२५ जेठ, काठमाडौं । कमचालाउ सरकारले मन्त्रिरिषद विस्तार गर्न नपाउने भनि सर्वोच्च अदालतमा परेका रिटमाथि आजदेखि सुनुवाइ हुँदैछ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा रिटको सूनुवाइ तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र विरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए । यसअघि नै अधिवक्ता लोकेन्द्र ओली, केशरजंग केसीले गत पुष १० गते पनि यही प्रकृतिको मुद्धा सर्वोच्चमा दर्ता गरेका थिए । उक्त मुद्दा पनि विचाराधीन अवस्थामै रहेको छ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

विश्वासको मत लिन नसकेपछि केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भएकाले मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने भएकाेले मन्त्रीपरिषद विस्तारको निर्णय खारेज हुनुपर्ने जिकीर रिट निवेदकहरुले गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय